सुनसरी महिला बास्केटबल टिम प्रदेश १ च्याम्पियन


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ असोज ६

धरानः प्रदेश १ महिला बास्केटबल खेलाडी छनौट प्रतियोगितामा सुनसरी जिल्ला महिला बास्केटबल टिम प्रदेश १ च्याम्पियन बनेको छ ।
धरान–१६ स्थित धरान रंगाशाला कर्भडहलमा बिहीबारदेखि शुरु भएको छनौट प्रतियोगितामा सुनसरीले मोरङलाई ३८–६ र झापालाई ४५–१० अंकको अन्तरले दुवै टिमलाई पराजित गर्दै प्रदेश १ च्याम्पियन वनेको हो । धरानसँग पराजित झापाले मोरङलाइ २७–५ अंकले पराजित गर्दै दोस्रो र दुवै खेल पराजित भएको मोरङ तेस्रो भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा सुनसरीले मोरङलाई प्रत्येक क्वाटरमा १०–०, १०–०, १०–२ र ८–४ अंकको अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा सुनसरीले झापालाई १८–२, १४–४, ७–२ र ६–२ अंकको अन्तरले पराजित गरेका छ । तेस्रो खेलमा झापाले मोरङलाई ४–०, ४–०, ९–३ र १०–२ अंकले पराजित गरेको थियो ।
प्रतियोगिताका बिजेता तथा उपबिजेताहरुलाई नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, सुनसरी र झापा बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र प्रकाश लिङ्गदेनलगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

छनौट प्रतियोगिताबाट प्रदेश १ बास्केटबल टिम छनौट गरिनेछ । र छनौट भएका खेलाडीहरुले यही असोज २८ गतेदेखि पोखरामा हुने ९ औं राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी गराए । यस छनौट प्रतियोगिताबाट फुलकोर्टका लागि १२ जना खेलाडी र थ्री वाइ थ्रीका लागि ४ जना खेलाडी छनौट गरिनेछ ।
कार्यक्रमको उदघाटनमा खेल शुरु हुनुअघि नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष दिवंगत लामा टेन्डी शेर्पाप्रति एक मिनट मौनधारण समेत गरिएको थियो । कार्यक्रममा सचेत धराने समूहका अध्यक्ष निरज लिम्बू, प्रदेश १ खेलकुद विकास वोर्ड सदस्य रोशनी राई, पूर्व पूर्वाञ्चल बडी विल्डिङ च्याम्पियन हर्कराज लिम्बू, धरान गल्फ क्लब उपाध्यक्ष जितेन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP