प्लस टु पछिको गन्तव्य

धरानको युएन कलेजः बिएचएममा पनि ब्राण्ड

पढ्दै कमाउँदै विद्यार्थी, बिएचएम र बिबिएसको नतिजामा पनि प्रदेश टप


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ असोज ६

धरानः विद्यार्थीमा बिएचएम विषय रोज्न थालेका छन् । धरानमै पनि बिएचएम पढ्नेको लर्कोले पनि यो प्रमाणित गर्ने गर्दछ ।
धरान–१६ स्थित युएन कलेजमा बिएचएम पढ्न विद्यार्थीको चाप रहेको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो बताउँछन् । उनले अघिल्लो वर्ष बिएचएम पढ्नका लागि १०० जना विद्यार्थीले ‘इन्ट्रान्स’ मा सहभागिता जनाएको बताए । ‘खासमा त्रिविले ३३ जनाको कोटा मात्रै निर्धारण गरेको छ तर युएन कलेजमा विद्यार्थीको अहिले पनि चाप छ, यस वर्ष १०० जनाले बिएचएम पढ्न फर्म भराएका छन्’, उनले भने, ‘स्थापनाकालदेखि नै भर्ना खुलेको दुईदिनमै सिट प्याक हुने गरेको छ, यसले के जनाउँछ भने बिएचएममा विद्यार्थीको आकर्षण छ ।’ उनका अनुसार यस वर्षपनि युएन कलेजमा विद्यार्थीको चाप रहेको बताए ।
उनका अनुसार धरानमा बिएचएम आउनुअघि विद्यार्थी काठमाडौं केन्द्रित थिए तर धरानमा बिएचएम विषयको पठनपाठन हुन थालेपछि यहाँ पनि विद्यार्थीको लर्को लाग्न थालेको हो । उनले प्रदेश १ भरी होटल म्यानेजमेण्ट पढाइ हुन थालेपछि बिएचएममा विद्यार्थीको लर्को लागेको बताए । उनका अनुसार युएन कलेजको चर्चा काठमाडौंसम्मै चर्चा समेत हुने गरेको छ । ‘काठमाडौंमा बिएचएम पढाइ हुने कलेजपछाडि युएन कलेज नै आउँछ भनेर काठमाडौंमा समेत चर्चा हुने गरेको छ, त्यसैले धरानले नै बिएचएममा विद्यार्थी रोकेको छ, अब पढ्न काठमाण्डौं धाउन बाध्य हुनुपर्ने छैन ।’
उनले यो विषय पढ्दै, कमाउँदै गर्ने विषय भएको समेत बताए । ‘बिजनेस तथा हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा राम्रो अवसरमात्रै छैन यसले आफूलाई नै केही गर्न सक्नेगरी सक्षम बनाउँछ, साथसाथै विदेशमा गएर सातौं र आठौं सेमेस्टर पूरा गर्नुपर्ने भएकाले बाहिरी ज्ञान पनि लिन सकिन्छ र पढ्दै कमाउन पनि सकिन्छ, इन्टर्नमा गएका कलेजका विद्यार्थीले राम्रो कमाइसमेत गरिरहेका छन् ।’
समयअनकूल शैक्षिक सीप पाइने भएकाले पनि पछिल्लो समय यस विषयप्रति विद्यार्थीको आकर्षण बढेको हो । बिएचएमको क्षेत्र व्यापक छ । बिएचएमको जनशक्ति आतिथ्य सत्कार (हस्पिटालिटी) चाहिने क्षेत्रदेखि कर्पोरेट हाउसमा समेत अवसर प्राप्त गर्छन् । आफै व्यवसाय गर्न सकिने, होटेल तथा रेस्टुरेन्ट, एयरलाइन्स, उद्योग, कर्पोरेट हाउस, शिक्षण, अटोमोबाइलजस्ता क्षेत्रमा यो जनशक्तिका लागि अवसर रहेको होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठ बताउँछन् । सीप सिकेपछि जागिरको सहजताले पनि यसतर्फ विद्यार्थीको आकर्षण बढेको उनी बताउँछन् । ‘अध्ययनसँगै सीप सिकिने र सीपले रोजगारीका अवसर प्राप्त गर्न सकिने भएकाले यो विषयमा विद्यार्थीको आकर्षण बढेको हो,’ उनले थपे, ‘जागिर मात्र होइन, उद्यमशील बन्न पनि यो विषयले सघाउँछ ।
हस्पिटालिटीकै कारण नेपाली विद्यार्थीको रोजाइ विदेशमा समेत हुने गरेको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । विदेश गएर पढ्ने मोह सँगसँगै काम गर्दै पढ्न मिल्ने र आफैं होटल सञ्चालन गरेर राम्रो कमाइ गर्न सकिने भएकाले पछिल्लो समय धेरैजसो विद्यार्थीको रोजाइमा यो कार्यक्रम परेको उनी बताउँछन् । उनले कलेजका विद्यार्थी इन्टर्नका लागि विदेशमा रहेको समेत बताए । ‘इन्टर्न गर्न यहाँका विद्यार्थी विदेशसम्म पुगेका छन्, अहिले पढ्दै, कमाउँदै गरिरहेका छन् ।’ उनले यो विषय पढ्न करिब साढे ६ लाख रुपैयाँ लाग्ने र विदेशमा इन्टर्न गर्न जाँदा उनीहरुले लगानी उठाइसक्ने जानकारी दिए ।
नेपाली विद्यार्थीको हस्पिटालिटी, काम गर्ने शैली अत्यन्तै मन पराएपछि विदेशमा समेत यहाँका विद्यार्थीले प्रगति गर्दै आएको विद्यार्थीबाटै प्रतिक्रिया आएको उनले जानकारी दिए । ‘हाम्रा विद्यार्थी इन्टर्नका लागि विदेशमा छन्, उनीहरुले समेत पढ्ने विषय त यो रहेछ भनिरहेको प्रतिक्रिया पाएका छौं ।’ बिएचएम आठौं सेमेष्टरसम्म पठनपाठन हुने विषय हो ।

नतिजामा प्रदेशभर टप
युएन कलेज प्रदेश १ कै उत्कृष्ट कलेजका रुपमा स्थापित कलेज हो । जुन कलेजमा अध्ययनरत विद्यार्थीहरुले प्रदेश १ मै उत्कृष्ट नतिजा ल्याउँदै आएका छन् । विशेषतः विद्यार्थीले प्रदेशभर टप नतिजा ल्याउँदै आएका छन् । बिएचएममा विद्यार्थीले प्रदेश टप गरेर देखाइसकेका छन् ।
कलेजमा अध्ययनरत छात्रा प्रिजा डाँगी अघिल्लो वर्ष र यसवर्ष पनि ‘धरान टपर’ र प्रदेश १ टपर बन्न सफल भएकी छिन् । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको चौथो सेमेष्टरको नतिजामा उनले धरान र प्रदेश प्रथम नतिजा ल्याएकी हुन् ।
चौथो सेमेष्टरअन्तर्गत फाइनलको नतिजामा प्रिजाले ३.८३ जिपिए प्राप्त गरेकी छिन् । क्याम्पस प्रमुख तुम्बाबोका अनुसार यो नतिजा प्रदेश १ मै उत्कृष्ट हो ।
यसअघि तेस्रो सेमेष्टरको नतिजामा पनि प्रिजाले धरान प्रथम तथा प्रदेश १ सेकेण्ड टप गर्न सफल भएकी थिइन् । उनले यसअघि ३.८४ जिपिए ल्याएकी थिइन् । त्यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो बन्न सफल भएकी थिइन् । उनले ३.७३ जिपिए ल्याएकी थिइन् । यसअघि कलेजले प्रदेश टप, प्रदेश सेकेण्ट टप, प्रदेश थर्ड टप, धरान टपजस्ता विद्यार्थीलाई नगदसहित सम्मान गर्दै आएको थियो । कलेजले यसअघि नै नेपाल टपलाई नगद ५० हजार पुरस्कार, सम्मानपत्र र प्रदेश टपलाई २५ हजार र सम्मानपत्र, थर्ड टपलाई नगद १५ हजार रुपैयाँले सम्मान र पुरस्कृत गर्दै आएको छ ।
उनले प्लस टु होटल म्यानेजमेण्ट र बिएचएममा पूर्वमै आफ्नो कलेजले ‘लिडिङ’ गरिरहेको दावी गरे । ‘अघिल्लो वर्षको होटल म्यानेजमेण्ट र बिएचएमको नतिजा हेर्दा हामी अगाडि छौं,’ उनले भने, ‘जे होस् प्रदेश १ मै यी सङ्कायमा नतिजा राम्रो हुनु भनेको प्रदेश १ अर्थात् मोफसलमा पनि राम्रो कलेज छ भन्ने सन्देश गएकोमा गर्व लागेको छ ।’

बिबिएसमा पनि अगाडि
युएन कलेज अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधारले भरिपूर्ण कलेज हो । कलेजले छोटो अवधिमै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । बिबिएस पढ्ने विद्यार्थीले पनि उत्कृष्ट नतिजा निकाल्दै आएका छन् ।
बिबिएसमा पूर्वाञ्चल प्रथम साथै नेपाल सेकेण्ड टपसम्म गर्न सफल भइसकेका छन् । ‘उल्लेखित उपलब्धिहरु कलेजको उत्कृष्ट व्यवस्थापन, शिक्षण प्रणाली, कलेजमा विद्यार्थीको लागि सहज वातावरण र विद्यार्थीहरुको अथक लगनशीलता, मेहेनत र प्रयासका उपज हुन भन्ने कुरालाई नकार्न सकिँदैन ।’ क्याम्पस प्रमुख तुम्वापोले भने ।
‘हामीले दिँदै आएको सेवा, सुविधा, गुणस्तरीय शिक्षा, सर्वोत्कृष्ट नतिजाका कारण आज एचएम पढ्ने विद्यार्थीहरूको पहिलो रोजाइ नै भएको छ युएन कलेज ।’

https://youtu.be/5ecWn9tdihQ

 

https://youtu.be/5ecWn9tdihQ

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP