अत्महत्या रोक्न तथा न्यनीकरणका लागि पर्चा वितरण


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ असोज ५

विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि पर्चा पम्प्लेट वितरण तथा माइकिङको माध्यमबाट जनमानसमा सचेतना फैल्याउने कार्यको थालनी शुरु भएको छ ।
यही असोज २ गते देखी १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुबाट आत्महत्या रोकथाम तथा न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रमको शुभारम्भ भएसँगै प्रदेश प्रहरी कार्यालय विराटनगरले तराईका जिल्लाहरुमा चेतनामूलक माइकिङ तथा पर्चा पम्प्लेटहरु वितरण गर्ने कार्यको थालनी गरेको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्यालयको अटो टेम्पोमा प्रहरी कर्मचारी खटाइ पहिलो चरणमा झापा मोरङ र सुनसरी जिल्लाका ग्रामिण इलाकाहरुसम्म पुग्ने गरी चेतनामूलक माइकिङ तथा पर्चा पम्प्लेटहरु वितरण गर्ने कार्य थालिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP