धरानमा टाइसन कन्सलटेन्ट एण्ड इन्जनियर्स कम्पनीको शुरुवात


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ असोज ५

धरानः टाइसन ग्रुप अफ कम्पनीअन्तर्गत धरान-१२ उपमहानगरपालिका कार्यालयअगाडि टाइसन कन्सल्टेन्ट एण्ड इन्जरनियर्स कम्पनी शुरू भएको छ ।
बुधबार कम्पनीको कार्यालयमा भएको उद्घाटनमा बोल्दै कम्पनीका अध्यक्ष सुनहाङ राईले यसअघि टाइसन रियल स्टेटले जग्गाको कारोबार गरिरहँदा भवन निर्माणको लागि अभाव खट्किएकोले यस कम्पनी शुरू गरिएको बताए । अहिलेको समयको मागअनुसार अत्याधुनिक सुविधा, दक्ष जनशक्तिसहित भवन निर्माणका लागि आवश्यक पर्ने सबै परामर्श तथा निर्माणको सेवा कम्पनीबाट प्रदान गरिने उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै कम्पनीका इन्जिनियर याम सुब्बाले निर्माण गर्नुअघि, निर्माण गर्ने क्रममा र निर्माण सम्पन्न भएसम्म कम्पनीले सहयोग गर्ने बताए । कम्पनीले कन्सेप्चुवल प्लानिङमा कसरी आवासीय वा व्यवसायिक भवन डिजाइन गर्ने, सरकारी मापदण्ड के रहेको छ, व्यवसायिक भवनमा उर्जाको व्यवस्थापन लगायतको कुराहरू कसरी गर्ने, स्टकचरल एनालिसिस र खर्च कति लाग्छ भनी कस्ट इस्टिमेट समेत गर्ने उनले जानकारी दिए । उनले भने, ‘भवन निर्माण गर्दा कच्चा पदार्थ व्यवस्थापन, निर्माण क्षेत्र अनुगमन तथा दक्ष जनशक्ति प्रदान गर्ने काम समेत हामीले गर्छौ ।’ उनले भने । कम्पनीले नै इन्टेरियर डिजाइनअन्तर्गत मोडुलर किचन सेटिङ, लिभिङ तथा बेडरूम र फल्स सिलिङ डिजाइन समेत गर्ने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथी स्थानिय निर्माण व्यावसायी संघका अध्यक्ष नारायण लिम्बूले धरानलाई स्मार्ट शहर बनाउने कि सांस्कृतिक शहर बनाउने भन्ने बहस चल्न जरूरी रहेको बताए । यसको लागि धरान उपमहानगरपालिकाले स्पष्ट नीति निर्माण गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै विशेष अतिथी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङले यसरी शुरू भएको भवन निर्माण कम्पनिले बलियो घरसँगै स्थानीय भूगोल र संस्कृतिको आधारमा समेत संरचनाहरू निर्माण गरे सुन्दर शहरको परिकल्पना समेत पूरा हुने बताए । कार्यक्रममा टाइसनसँग सहकार्य गर्दा बैंकिङ सुविधा समेत छिटो र सजिलो हुने सिटिजन बैंक धरानका शाखा प्रबन्धक तोर्णबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP