गुडिरहेको कार बरको रुखमा ठोक्किँदा दुईजनाको मृत्यु

धरानका दुईजना घाइते


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ असोज ४

बिर्तामोडः कार अनियन्त्रित भई दुर्घटना हुँदा झापामा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा१४च ९१०८ नम्बरको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–१० मा दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीको भनाइ छ । अत्यधिक गतिका कारण आफै अनियन्त्रित भएको कार बरको रूखमा ठोक्किएको थियो ।दुर्घटनामा परेर दुवैजना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए ।
दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । घाइते हुनेमा मोरङ सुन्दरहरैँचा–६ की ४० वर्षीया रिता चौधरी, इटहरी–८ का २७ वर्षीय तेजन चौधरी, धरान–१५ का ३६ वर्षीय बिबिसन दास र धरान–१५ कै ३३ वर्षीय राजेश चौधरी छन् । उनीहरूको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP