धरानमा हत्या, आरोपमा समातिएका सार्वजनिक

हत्या गरेर भारत जान लाग्दा प्रहरीको फन्दामा


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ असोज ४

धरानः धरानमा एक महिलाको हत्या गरी फरार रहेका एक किशोरलाई पक्राउपछि सार्वजनिक गरिएको छ ।
धरान–२० विष्णुपादुका टोड्केकी ६४ वर्षीया वृद्ध महिला पूर्णसरी राईको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन गरी धनकुटाको साँघुरीगढी–८ बस्ने १८ वर्षीय निखिल भनिने नकुल राईलाई प्रहरीले सार्वजनिक गरेको हो ।
गत भदौ २८ गते दिउँसो ती महिलाको हत्या भएको पाइएको र खोजतलास गर्ने क्रममा उनलाई विराटनगर रानी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । ती महिलाको २८ गते नै हत्या भएपनि २९ गते मात्रै प्रहरीले चाल पाएको थियो । लुटपाट गर्ने उद्देश्यले त्यहाँ पुगेका किशोरले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको पाइएको उनले जानकारी दिए ।
प्रहरीले खोजी गर्ने क्रममा विराटनगर–१५ स्थित भारत जान लागेको अवस्थामा रानी क्षेत्रबाट अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान थालेको र ती किशोरले समेत खुकुरी प्रहार गरी महिलाको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । मृतक राईले लगाएको ७.२७० ग्राम लुटपाट गर्न खोजेको र प्रतिकार गरेपछि खुकुरी प्रहार गरेको उनले बताएको प्रहरीले जनाएको छ । धरान–२० कै पकुवा खोलामा खुकुरी फालेर भागेका उनले सुनसरीको भोक्राहा पुगेर भोक्राहाका २० वर्षीय रञ्जीतकुमार साहलाई लुटपाट गरेको गहना राख्न दिएको र उनी भारततर्फ सुइँकुच्चा ठोक्न लागेको खुल्न आएको प्रहरीले जनाएको छ ।
गहनासहित पक्राउ गरेर साहलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका दुवैजनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये राईलाई सातदिन र साहलाई चार दिनको म्याद थपी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राई सानैदेखि उमेरदेखि बुबाआमाबिनै धरानमा बस्दै आएको र लागूऔषध समेत सेवन गर्ने गरेको प्रारम्भिक अनुसन्धानले खुलाएको प्रहरीले जनाएको छ । उनले ती महिलाको हप्तादिनअघि देखि नै हत्याको योजना बुनेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP