दुर्घटनामा दुईजनाको मृत्यु

बराहक्षेत्रमा मोटरसाइकलको ठक्करले युवाको मृत्यु, कमलमा टेम्पोको ठक्करले बालकको मृत्यु


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ असोज ३

धरानः सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको ठक्करले एकजना युवाको मृत्यु गएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ बस्ने २५ वर्षीय सुनिल स्यामु लिम्बू रहेका छन् । बराहक्षेत्र–१ किरातचोकस्थित चतरा–पकली सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश ३–०२ ००३प६७०५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२ ०५०प ८२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो ।
दुर्घटनामा प्रदेश ३–०२ ००३ प ६७०५ नम्बरको मोटरसाइकलको पछाडि सवार उनको स्थानीय चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ६७०५ नम्बरको मोटरसाइकल चालक पाँचथर कुम्याक गापा २ बस्ने २६ वर्षीय प्रशान्त लावतीको खुट्टामा चोट, ८२३८ नम्बरको मोटरसाइकल चालक बराहाक्षेत्र–६ चकरघट्टी बस्ने २६ वर्षीय मुनिराज राईको खुट्टामा चोट, सोही मोटरसाइकलको पछाडि सवार खोटाङ बस्ने वर्ष २६ को वीरेन्द्र राईको खुट्टामा चोट लागेको छ ।
यस्तै, झापाको कमल गाउँपालिका–४ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१ह ५१३९ न. को टेम्पोले बाटो क्रस गर्दै गरेकी तुलसा गिरीको छोरा वर्ष ४ को ऋतिक गिरीलाई ठक्कर दिँदा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन् ।
गम्भिर घाइते भई उपचारको लागि एडभान्स अस्पताल दमक पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । टेम्पो र टेम्पो चालक नसिव गुरुङ इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP