मूल्यवृद्धि दोब्बरले बढ्यो


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ ३०

धरानःचालु आर्थिक वर्षको पहिलो महिना(साउन) मा महँगी ८.२६ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको साउन भन्दा यो वर्ष महँगी दोब्बरले बढेको छ । गत वर्ष साउनमा ४.३५ प्रतिशतले महँगी बढेको थियो ।
सरकारले चालु आवमा ७ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्य लिएको छ । तर, आर्थिक वर्षको पहिलो महिनामै लक्ष्य भन्दा बढीले महँगी बढेको हो ।
सबैभन्दा कम महँगी हिमाली क्षेत्रमा बढेको छ । हिमाली क्षेत्रमा ६.६४ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशतले महँगी बढेको हो ।

गत वर्ष हिमालमा ३.५८ प्रतिशत, काठमाडौंमा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत र पहाडमा ५.६३ प्रतिशतले मूल्य बढेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP