धरानको बीपी प्रतिष्ठानमा आफ्नै फार्मेसी पूर्णरुपमा सञ्चालनमा आयो

सहुलियत दरमा औषधि पाइने, बिरामीको लागि बेडमै औषधि लगिने


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ ३०

धरानः नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिअनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणको प्रभावकारीरुपमा पहुँच सुनिश्चित गर्नका लागि प्रतिषन आफैले फार्मेसी स्थापना गरी पूर्णरुपमा सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले औपचारिकरुपमा प्रतिष्ठानको फार्मेसी उद्घाटन गरेका थिए । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनाल, रजिष्टार प्रा.डा.सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा.जगतनारायण प्रसाद उपस्थितिमा सो फार्मेसी उद्घाटन भएको थियो ।
आफ्नै फार्मेसीमार्फत बिरामी तथा सेवाग्राहीहरुलाई शुलभ एवम् गुणस्तरीय सेवा पुरयाउने हेतुले सम्पूर्ण व्यवस्थापकीय कार्यहरु पूरा गरी सहजरुपमा सेवा प्रदान गर्दै आइरहेकोले सर्वसाधारणलाई गुणस्तरीय औषधी सर्वसुलभ रुपमा उपलब्ध हुने र प्रतिष्ठानलाई पनि आर्थिक रुपमा सेवा पुग्ने उपकुलपति डा. गिरीले बताए ।
अस्पताल हाताभित्रैबाट औषधीहरु उपलब्ध हुँदा बिरामीहरुलाई रातिको समयमा पनि अन्यत्र जानुपर्ने समस्याबाट राहत भएको रजिष्टार संग्रौलाले बताए । औषधी र औषधीजन्य सामग्रीहरुको उपलब्धतालाई सहज, व्यवस्थित एवम् प्रभावकारी बनाई भर्ना भएका बिरामीहरुलाई अन्यत्र कतै औषधि खरिद गर्न जानु नपर्ने गरी प्रतिष्ठान फार्मेसीबाट बेडमा नै औषधि पुरयाउने लक्ष्य लिएर गृहकार्य भइरहेको समेत प्रतिष्ठानका अस्पताल निर्देशक एवम् फार्मेसी सञ्चालन तथा व्यवस्थापनका संयोजक डा.जगत नारायणप्रसादले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP