धरान मोडल कलेज शैक्षिक गन्तव्य बन्दै

समाज बुझ्दै, सीप सिक्दै विद्यार्थी, बिएसडब्लु पढेपछि बेरोजगार बस्नुपर्दैन ! (तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ २९

धरानः चिरिच्याट्ट पहिरन । छात्रछात्रा दुवैको लागि पेन्ट, सर्ट, टाई अनि जुत्ता, मोजा । गलामा परिचयपत्र ।
सुम्निमा लिम्बू धरान–१ स्थित धरान मोडल कलेजमा बिएसडब्ल्यु (ब्याचलर्स इन सोसल वर्क) विषय लिएर दोस्रो वर्षमा पढ्दैछिन् । आफूले समाज बुझ्न र सहजै जागिर पनि मिल्ने भएकोले पनि यो विषय छनौट गरेको उनले बताइन् । ‘यो विषय पढ्दा सामाजिक ज्ञान बढ्ने र सोसलाइज पनि गराउने हुनाले यो विषय छनौटमा परेको हो’, उनले थपिन्, ‘यसले समाज बुझ्न सहज हुने र सहजै जागिर पनि मिल्ने अवस्था देखेर यो विषय रोजेकी हुँ ।’
छात्रा एनी शाक्यले फिल्डमै जानुपर्ने विषय भएकोले फिल्डमा पुग्दा ‘कन्फिडेन्स लेवल’ बढ्ने र जागिर पनि सहजै मिल्ने भएकोले यो विषय रोजेको बताइन् । ‘समाज बुझ्नुजत्तिकै केही होइन’, उनले थपिन्, ‘हरेक देशका शिक्षामा समाज बुझाउने विषय समेटिएको हुन्छ, हामीले पनि त्यो बुझ्न चाहिरहेका छौं, भनिन्छ, जो व्यक्तिले आफ्नो समाज बुझेको हुन्छ, ऊ फराकिलो बन्दै जान्छ, आफ्नो समाज बुझ्न नसक्नेले समाज वा देशलाई माया गर्न सक्दैन, त्यसैले यो जीवनको जग हाल्ने बेला पनि हो ।’

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा धरानमै पहिलोपल्ट अघिल्लो वर्ष यो विषय भित्रयाइएको क्याम्पस प्रमुख प्रविन राईले जानकारी दिए । यो विषय बढी प्राक्टिकल रहेको कारण विद्यार्थीहरुले हप्तामा ४ दिन कलेज र २ दिन फिल्ड जानुपर्ने उनले बताए । यसले विद्यार्थीहरुलाई बढी व्यवहारिक र सामाजिक बनाउने गर्ने उनले जानकारी दिए । यसको साथै यो विषय पढिसकेपछि जागिरका लागि भौतारिरहनुपर्ने अवस्था नआउने उनको भनाइ छ ।
कोअर्डिनेटर विष्णु खनालले धरानमा यो नयाँ विषय भएकोले विद्यार्थीको आकर्षण पनि बढ्दै गएको बताए । उनले बिहीबार र शुक्रबार फिल्डमा खटिने र समाज बुझ्ने गरेको जानकारी दिए । ‘उनीहरुले कक्षामा सिकेका सैद्धान्तिक ज्ञानलाई फिल्डमा पुगेर दुईदिन अभ्यास गर्ने मौका पाउँछन्, विभिन्न तह, तप्काका मानिसहरुसँग भेटघाट, घुलमिल हुन पाउँछन् र चौथो वर्षको अन्त्यसम्ममा सामाजिकरुपमा खरो उत्रिनुका साथै सीपले परिपक्व भएर निस्किन्छन् ।’
७० प्रतिशत त्रिभुवन विश्वविद्यालय र ३० प्रतिशत मूल्याङ्कनचाहिँ कलेजस्तरबाटै हुन्छ । उनका अनुसार यो विषय पढिसकेपछि सरकारी र गैर सरकारी क्षेत्रमा जागिर पाउन सहज हुन्छ । चार वर्षे कार्यक्रमअन्तर्गत पठनपाठन हुने यो विषय पढेपछि जागिर पनि सहजै पाइने उनले जानकारी दिए । ‘पढ्नका लागि विदेश जान्छु भनेपनि र स्वदेशमै जागिर खान्छु भन्दा पनि सहज हुन्छ’, उनले थपे, ‘सबै ‘सेक्टर’मा जागिरको सम्भावना रहन्छ ।’
बिबिएसमा पनि अब्बल

बिबिएस दोस्रो वर्षमा अध्ययनरत् कृष्टिना राई धरान मोडल कलेज ‘वेष्ट’ रहेको बताउँछिन् । उनी थप्छिन्, ‘कारण हो, फ्रेण्डली वातावरण, दक्ष अध्यापकहरुको वेष्ट गाइडलाइन आदि कारणले यो कलेज वेष्ट हो ।’
बिबिएस दोस्रो वर्षमा अध्ययनरत् स्वेच्छा सिटौलाले कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोडदिने हुनाले पनि यो कलेज अधिकांशको रोजाइमा पर्छ । ‘कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै विद्यार्थीमा लुकेर रहेका प्रतिभा बाहिर निकाल्छ’, उनले थपिन्, ‘यसको साथै कलेज सामाजिक उत्तरदायित्व पनि पूरा गरेको छ । कलेजले मन्दिर सरसफाइ, रक्तदानलगायतका कार्यलाई पनि वर्षेनी प्राथमिकतामा राख्दै आएको छ ।’
२०६६ सालमा स्थापना भएको धरान मोडल कलेजले अहिले सयौं विद्यार्थीको भविष्य उज्ज्वल बनाउन गुणस्तरीय शिक्षा दिँदै आएको र कलेजले एक किसिमको छवि बनाएको कलेजका प्रिन्सिपल प्रविन राई बताउँछन् । ‘अहिलेसम्मको नतिजा हेरेरै विद्यार्थीले विश्वास गर्ने वातावरण बनेको छ’, उनी भन्छन्, ‘कलेजका विद्यार्थीले पूर्वाञ्चल प्रथम नतिजा ल्याएपछि हामी गौरवान्वित भएका हौं र विद्यार्थीले विश्वास गर्ने वातावरण बनेको हो ।’
कस्तो हो मोडल कलेज ?

शिक्षासँग प्रविधि र सामाजिक उत्तरदायित्व समेत सिकाउने उद्देश्यले २०६६ सालमा धरानका प्रतिष्ठित बुद्धिजीवी समाजसेवी र विभिन्न विश्वविद्यालयमा पढाउने प्राध्यापकहरुबाट स्थापित कलेज हो, धरान मोडेल कलेज । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीमा शैक्षिक ज्ञान थियो, प्रमाणपत्र थियो, तर उनीहरुसँग न प्रविधि थियो, न त व्यवहारिक सीप थियो । न त सामाजिक उत्तरदायित्व बोध नै । क्याम्पसहरुले यस्ता कोरा विद्यार्थी उत्पादन गरेको देखेर युग सुहाउँदो शिक्षा, प्रविधि व्यवहारिक र सामाजिक उत्तरदायित्व एकैसाथ सिकाउन धरान मोडल कलेजले स्थापना गरिएको क्याम्पस प्रमुख राई बताउँछन् ।
२०६६ सालमा स्नातक तहमा व्यवस्थापन र मानविकी संकायबाट यसको पठनपाठन सुरु गरिएकामा २०७४ सालमा शिक्षा शास्त्र संकाय सञ्चालन समेत गरिएको र एकै छातामुनि व्यवस्थापन र मानविकीमा साथै चार वर्षे बिएड तथा एकवर्षे बिएड समेल चलाउन थालियो । चलाउँदै जाँदा २०७५ सालमा विद्यालय तहलाई पनि जोड्नुपर्छ भन्ने सोच बन्यो र जेम सेकेन्डेरी स्कुललाई समेत समायोजना गरी नर्सरीदेखि व्याचलरसम्म एउटै छातामुनि पढाउने व्यवस्था यस कलेजले गरेको २०७८ सालमा प्रविधिक र व्यावहारिक विषय बिएसडब्ल्यु (ब्याचलर इन सोसल वर्क) समेत थप गरी विद्यार्थीलाई सामाजिक प्राविधिक र शैक्षिकरुपमा सबल बनाउने कार्य गर्दै आएको छ ।
बिएस डव्ल्यु विषय पढेका विद्यार्थीहरुको देश तथा विदेशमा चौतर्फी माग रहेको र वैदेशिक अध्ययनका लागि अन्य विषयहरु भन्दा बढी उपयुक्त रहेको कुरा पनि स्परणीय छ । बिएसडब्ल्यु विषय बढी प्राक्टिकल रहेको कारण विद्यार्थीहरुले हप्तामा ४ दिन कलेज र २ दिन फिल्ड जानुपर्नेछ । यसले विद्यार्थीहरुलाई बढी व्यवहारिक र सामाजिक बनाउने गर्दछ ।

धरान मोडल कलेजले स्थापनाकालदेखि नै पूर्व प्रदेश नं १ मा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र अन्य विश्वविद्यालयमा २० वर्षभन्दा बदी सेवा गरेका अनुभवी र पी.एच.डी. गरेका प्राध्यापकहरुवाट पढाइनुको कारण बिबिएसतर्फ सुनिता गुप्ताले २०७२ सालमा ७५.१ ल्याई पूर्वाञ्चल प्रथम भएकी थिइन् । त्यसैगरी २०७४ सालमा सर्मिला बस्नेतले बिबिएस प्रथम वर्षमा ७४ अंक ल्याई प्रदेश १ मा नै उत्कृष्ट विद्यार्थी बनेकी छिन् । त्यसैैगरी २०७६ सालको बिबिएस चौथो वर्षको परीक्षामा नुरज तिमिल्सिनाले ८१.२ अंक ल्याई विशिष्ट श्रेणीमा अंक ल्याई प्रदेश नं. १ मा नै उत्कृष्ट भएका थिए । त्यसैगरी सर्मिला बस्नेतले ७९.७ र अरुणा मानन्धरले ७७ अंक ल्याई विशिष्ट श्रेणीमा उत्तीर्ण गरिकी छन् । त्यसैगरी बिएडतर्फ २०७६ सालको परीक्षामा सीमा साहुले ६६ प्रतिशत, विद्या बस्नेतले ६४ लगायत आधा दर्जनले प्रथम श्रेणीमा बीएड उत्तीर्ण गरेका छन् । यहीबाट उत्पादित मेधावी छात्र रमेश प्रसाई पब्लिक स्पिकर सिजन २ को विजयी भएको कुरा समेत स्मरणीय छ ।
धरान मोडल कलेजले पढाइलाई व्यवथिस्त बनाउन हरेक कक्षाको मासिक एवम् त्रैमासिक परीक्षा सञ्चालन गरी आन्तरिक मूल्याङ्गन प्रक्रियालाई निरन्तर प्रयोग गरिरहेको छ । जसको परिणामस्वरुप हरेक वर्ष ५० प्रतिशत भन्दा धेरै विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।
यस कलेजले शिक्षण साथै प्राविधिक पक्षलाई पनि उत्तिकै महत्व दिने गरेको छ । क्याम्पसको चौथो तलमा रहेको कम्प्युटर ल्याबबाट बीएड र बीवीएस तथा बीएसडल्लुका विद्यार्थीहरुलाई प्राविधिकरुपमा दक्ष बनाएको छ । बीएड चौथो वर्षको पाठ्यक्रममा निर्धारण गरिएको आईसीटी विषय धरान, इटहरी, धनकुटा र विराटनगरमै नयाँ प्राविधिक विषय संचालन गरिरहेको छ जसजे शिक्षक सेवा आयोगलाई समेत महत्वपूर्ण सहयोग पुरयाइरहेको छ । साथै यस कलेजले विवीएसका इन्टर्न सीपका लागि हरेक वर्ष सरकारी र निजी बैक एवं वित्तीय संस्थाहरुमा पठाएर प्राविधिक रुपमा समेत दक्ष बनाउने काम गरेको छ ।
धरान मोडेल कलेज शहरको धुवा धुलो एवं प्रदुषणबाट टाढा तर शहरकै बीचमा अवस्थित छ । छाताचौकबाट ३०० मिटर उत्तर गएपछि रोडबाट १०० मिटरको दुरीमा भौतिक सुविधा सम्पन्न आफ्नै ४ तले भवनमा यो कलेज संचालित छ । कलेजमा उपयूक्त कक्षाकोठा स्वास्थ्यकर खाजा क्यान्टिन र मोटरसाइकल तथा गाडी पार्किङको व्यवस्था रहेको छ । टाढा टाढाका विद्यार्थीहरुलाई यसले २ वटा बसमार्फत सेवा समेत प्रदान गर्दै आएको छ ।
समय समयमा खेलकुद, वार्षिक स्पोर्ट सप्ताह संचालन, स्वागत तथा विदाइ कार्यक्रम, मोटिभेशनल क्षमता विकास तालिम, विभिन्न कार्यक्रम र सामाजिक उत्तर दायित्व अन्तरगत नगर सरसफाई र रक्तदान कार्यक्रम यस कलेजका विद्यार्थीहरुले समय समयमा आयोजन गर्दैै आएका छन् । साथै नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता , हाजिरी जवाफ प्रतियोगिता, म्याराथुन लगायतका कार्यक्रम पनि यहाँका विद्यार्थीहरुले प्रशासनसँगको सहकार्यमा गर्दे आएका छन् ।
क्याम्पस प्रमुख राईले अन्त्यमा भने, ‘त्यसैले ज्ञान सीप र प्रविधिमा निपूर्ण बनाउने ेलक्ष्य हो । यसकारण हामी एजुकेशन तथा क्वालिटीलाई भन्दै यसलाई सार्थक अम्यास गरिरहेका छौं ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP