धरानमा कन्सर्टको मज्जा


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ २९

धरानः एएनटिएफ ¥याप ब्याटलबाट एक्कासी चर्चामा आएका जी बब नामले लोकप्रिय बनेका ¥यापर सुदीप भण्डारी पहिलोपल्ट धरानमा आएर धराने दर्शकहरुलाई आफ्नो गीतले भरपुर मनोरञ्जन प्रदान गरेका छन् ।
शनिबार साँझ आयोजना भएको ‘टुबोर्ग फुल भोल्युम कन्सर्टमा जी बबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गरिन् भने चर्चित ¥यापरहरु प्लस डिभाइड र सिरुपातेसँगै धरानको चर्चित डीजे नभसनले डीजेइङ समेत प्रस्तुत रहेका थिए । उनले मिलेन लेभल तेरो बाउ बोला बोलको बहुचर्चित गीतसँगै फाइनली भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो र सरी मम लगायतका युवाहरू माझ लोकप्रिय आफ्ना अन्य गीतहरु प्रस्तुत गरेका थिए ।
बालबालिकादेखी युवाहरूमाझ निकै नै लोकप्रिय मानिएका जी बबले पूर्वमा नै पहिलोपल्ट र आफ्नो पहिलो आउटडोर कन्सर्टका लागि धरान आएका हुन् । कन्सर्टमा नै यत्तिको दर्शकहरु पहिलोपल्ट देखेको भन्दै जी बबले आफ्ना प्रस्तुतिहरु दिइरहँदा समय सकिएको आयोजकले जानकारी दिएपछि दुःखी हुँदै यति चाँडै धरान बन्द हुन्छ र भन्दै गाउने समय मागिरहेका थिए । तर समयमा कार्यक्रम सक्नका लागि आयोजकले उनका मुख्य गीतहरु मिलेन लेभल र सरी मम गाउन अनुरोध गरी कार्यक्रमलाई सकाएका थिए । उनले गाउँदा स्टेजमा ढुङ्गा आएपछि ढुङ्गा हान्नेलाई र मेरो सम्पूर्ण हेटर्स र शुभचिन्तक सबैलाई आइलभ यु भन्दै गाउँदै उनले आफ्ना हेटर्सलाई पनि लभर्स बनाएर जान्छु भन्दै कार्यक्रमलाई चालु राखेका थिए ।
‘बाबरी रङ्गमा’ अहिले निक्कै नै लोकप्रिय तथा टिकटकमा समेत उत्तिकै भाइरल ‘बाबरी रङ्गमा की गायिका अस्मिता अधिकारीले काफल कमल, टाढा भएपनि, लज्जावती झार, साली मन परर्यो, तिम्रो मायाले बाँधेर राख लगायत गीतहरुले दर्शक नचाइन् । त्यस्तै, ¥यापर प्लस डिभाइडका शब्दको युद्ध, बाबु भित्र केही खास, आको म यहाँ, चाहिने भन्दा बढी, म जहिलेलगायतका गीतहरु र ¥यापर सिरुपातेका राजनीति, मस्त, नोबडी नोज, कालेभाइलगायतका गीतहरु प्रस्तुत गरेका थिए । रिया सेन्चुरीको आकर्षक डान्सबाट सुरु गरिएको कार्यक्रम सवा १० बजेसम्म चलेको थियो । इक्सा मादेनले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
सिल्भर इन्टरटेनमेन्टको आयोजना तथा टुबोर्ग बियरको प्रस्तुति रहेको फूल भोल्युम कन्सर्टमा डिभाइन वाइन, रेड्ब्ल्यु इनर्जी ड्रिङ्कको सह–प्रायोजन, केन्द्र मोसन पिक्चर्स, एसपी इभेन्ट्स युके, एनएचडीडी स्टुडियो, भीआइपी नेपाल अस्ट्रेलियाको विशेष सहयोग तथा महेन्द्र अक्वा, पेप्सी, धरान टी र पीएच शाइन शेम्पू, हाइल्यानडर भोड्का , रोयल स्ट्यागको सहयोग रहेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP