पिकअप भ्यानको ठक्करले पैदलयात्रीको मृत्यु


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ २९

धरानः पिकअप भ्यानको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ ।
मङ्गलबार राति ७ बजे मोरङको बुढीगंगा गाउँपालिका ३ शान्ति चोकस्थित कोशी लोकमार्गमा पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र१– ०२–००२च४६९८ नम्बरको पिकअप भ्यानले बाटो क्रस गर्दै गरेको पैदलयात्री स्याङजा बस्ने ७० वर्षीय वृद्ध पदमबहादुर बस्नेतलाई ठक्कर दिएको थियो ।
गम्भीर अवस्थामा विराट मेडिकल कलेज मा उपचारका लागि लगिएको र उपचारका क्रममा राति ७ः५० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक विराटनगर–५ बस्ने वर्ष २४ को सन्तोष गुप्ता र पिकअप भ्यान प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP