धरानमा मुटु र प्रेसरको औषधि निःशुल्क वितरण


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ २६

धरानः परिवर्तनका लागि सामाजिक अभियानले सञ्चालन गरेको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकले एक वर्ष पूरा गरेको छ । गत २०७८ असोज २ गतेदेखि सो क्लिनिकको शुरुवात भएको थियो । सुनसरी उद्योग वाणिज्य संघको भवनमा आयोजित सो क्लिनिकमा पाक्षिकरुपमा आयोजना गर्ने गरिएको छ ।
हरेक वडामा कार्यक्रम गर्ने अभियानअनुरुप यसपटक धरान जेसीज प्रथम महिला समूहको सहकार्यमा २४ औं संस्करणमा सो कार्यक्रम आयोजना भएको थियो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण हुने सो क्लिनिकमा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । विशेषगरी मुटुरोग, मधुमेह र रक्तचापसम्बन्धी रोगहरु जाँच गरिने सो कार्यक्रममा ७३ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।
अभियानका सल्लाहकार मोहन श्रेष्ठ, संयोजक त्रिभुवन बराल, कोषाध्यक्ष वर्षा अग्रवाल, जेनिश शाक्य, निशान नेपाल, प्रशान्त अग्रवाल र हेम ढकाल लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको सो क्लिनिकमा स्टाफ नर्स चेतना परियारले बिरामीहरुको रक्तचाप परिक्षण गरेकी थिइन् ।
औषधि र मधुमेह परीक्षण निःशुल्क
परिवर्तनका लागि सामाजिक अभियानले यस पटकको कार्यक्रमदेखि बिरामीहरुको मधुमेह निःशुल्क परीक्षण गरेको छ । मधुमेह भएका बिरामीहरुको परिक्षणपश्चात् मात्र स्वास्थ्य जाँच गरेको थियो । त्यसैगरी बिरामीहरुलाई मुटुरोग र प्रेसरको औषधिहरु पनि निःशुल्क वितरण गरिएको अध्यक्ष बरालले बताए । बरालले भने, ‘यस पटकदेखि हामीले निःशुल्क रुपमा मधुमेह परीक्षण र औषधि वितरण गरेका छौं, यस कार्यबाट बुवाआमाहरुलाई सहजता हुन्छ नै होला ।’
अभियानले आयोजना गरेको यस प्रकारको कार्यक्रममा सहकार्य गर्न पाएकोमा धरान जेसीजकी प्रथम महिला कोपिला श्रेष्ठ अभियान र डा. शाहप्रति आभार प्रकट गरेकी थिइन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP