धरानको सुनाखरीका विद्यार्थी वृक्षारोपण र श्रमदानमा

(३४ तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ २६

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले वृक्षारोपण र श्रमदानमा सहभागिता जनाएका छन् ।
शनिबार बिहान उनीहरुले धरान-१३ स्थित निशाने खोलामा वृक्षारोपण गरेका हुन् । स्कुल र कलेजमा पढ्ने कक्षा–८ देखि १२ सम्मका विद्यार्थी त्यहाँ पुगेर वृक्षारोपण गर्नुका साथै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको श्रमदान अभियानमा समेत सहभागी भएका थिए । त्यहाँ विद्यार्थी, शिक्षकले गिटी कुटेर सघाएका थिए ।
विभिन्न जातका विरुवा रोपेर फर्किएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिकाको समेत उपस्थिति थियो । विद्यार्थीलाई पढाइका साथै व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने कुरा विद्यालयले बुझेको र सोहीअनुसार कार्यक्रम राखिएको प्लस टु कोअर्डिनेटर टपकुमार राईले जानकारी दिए । छात्रा साइसा राईले मेयर साम्पाङको अभियानलाई सहयोग गर्न र थप ज्ञान बटुल्न आफूहरु यहाँ आउँदा खुशी लागेको बताइन् ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले श्रम अभियानमा बुझेर विद्यार्थी आएको भन्दै धन्यवाद ज्ञापन गरे । विद्यार्थीले यहाँ आएर कक्षा लिन पुगेको उनले बताए । उनले कक्षा–८ देखि १२ सम्मका विद्यार्थीलाई लागूऔषधबारे कक्षा लिन आग्रह गरेको पनि बताए ।
मेयर साम्पाङले धरानबासीलाई पानी खुवाउनका लागि आफू मरिहत्ते गरेको र जनतालाई श्रमदानमा गुहारेको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP