धरान मेघा कलेजमा विद्यार्थीलाई स्वागत

कलेजका ३७० विद्यार्थीलाई स्वागत, विद्यार्थीले सयौंमाझ देखाए प्रतिभा (६२ तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ २६

धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजमा स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कक्षा–११ का करिब ३ सय ७० विद्यार्थीलाई कक्षा–१२ का विद्यार्थीले स्वागत गरेका हुन् । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले लुकेर रहेका विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर बेघाले विद्यार्थीको शिक्षासँग देश जोडिएको बताए ।
‘म के भन्न चाहन्छु भने तपाईको शिक्षासँग लगाव र लगानीसँग देश जोडिएको छ, समाज जोडिएको छ, देशको भाग्य र भविष्य जोडिएको छ’, उनले भने । उनले धरान मेघामा प्रतिभावान विद्यार्थी पाएको समेत बताए । उनले विद्यार्थीलाई किताबी ज्ञान मात्रै नलिएर बाहिरी ज्ञान पनि लिन सुझाए ।
कलेजका अध्यक्ष कैलाश लिम्बूले कलेजमा विभिन्न प्रतिभावान विद्यार्थीहरु पढ्न आएको बताए । उनले कलेजलाई अझै स्तरीय बनाउँदै भौतिक पूर्वाधारमा पनि विशेष जोड दिँदै अघि बढेको बताए ।
फाउन्डर मेम्बर दीपक घिमिरेले अभिभावकको विश्वासको कारण धरान मेघाले सफलता हासिल गर्दै गएको बताए । उनले विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउँदै लैजाने बताए । ‘हामीले गुणस्तरीय शिक्षा प्रदान गर्छौं भनेकै कारण अभिभावकले विश्वास गर्दै जानुभएको छ’, उनले भने, ‘पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि खरो उर्तार्दै अघि बढ्नेछौं ।’
कलेजका प्रिन्सिपल भाष्कर पौडेलले कुनै पनि शैक्षिक संस्था अघि बढ्न विद्यार्थी, शिक्षक, शिक्षिका र अभिभावकको देन हुने बताए । उनले छोटो समयमै मेघा कलेजले फड्को मारेको समेत बताए । उनले विद्यार्थीले हिसानद्वारा आयोजित प्रतियोगिता, रेवाहाङ मेमोरियल कप, मिस स्टेट १ प्रतियोगिता आदिमा विद्यार्थीले सफलता हासिल गर्दै कलेजको नाम उँचो बनाउँदै लगेको बताए । विद्यार्थीको लगाव, अध्यापकहरुको पठनपाठनमा जोड, अभिभावकहरुको सहयोगका कारणले कलेज अघि बढ्दै गएको उनले बताए । उनले यस वर्ष मात्रै ३७० जना विद्यार्थीलाई कलेजमा स्वागत गरिएको बताए ।
कार्यक्रममा कलेज टपरलाई सम्मान पनि गरिएको थियो । कक्षा–११ मा विज्ञान सङ्कायमा टपर दिलीप राई, म्यानेजमेण्ट टपर मुस्कान मगर, होटल म्यानेजमेण्ट टपर सञ्जीता मगरलाई सम्मान गरिएको बिबिएस तथा प्लस टु म्यानेजमेण्ट कोअर्डिनेटर चन्द्र वनेमले जानकारी दिए ।
कार्यक्रममा एनप्याब्सन अध्यक्ष भगत लिम्बू विशेष अतिथि थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्याब्सन नगर सचिव रविन न्यौपाने, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ, गायिका अम्विका दुवाडी, प्रदेश १ स्तरीय मिस स्टेट १ की बिजेता स्वेता भुजेल, फस्ट रनरअप निशुमा गुरुङलगायतको उपस्थिति थियो ।
कार्यक्रममा लगानीकर्ताहरु आइडियल बोर्डिङ स्कुलका प्रिन्सिपल सागर खड्का, इमानुएल स्कुलका प्रिन्सिपल प्रभाष राजवंशी, पदम मेमोरियल स्कुलका प्रिन्सिपल वसन राई, चतरास्थित हिमालयन स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठको पनि उपस्थिति थियो ।
यस्तै फयाकल्टी मेम्बर राजेश विद्रोही, प्रमोद कटवाल, धिरेन लिम्बू, रुपेश श्रेष्ठ, पुष्पल जोशी, निरज कार्की, नरेन तामाङ, अमित झा, जीत लिम्बू, आनन सुब्बा, करण प्रधान, ज्योति थापा मगर, पुनम भट्टराई, उमेश अधिकारी, प्रज्वलता श्रेष्ठ, जीवन कोइराला, दिवस राई, देवराज राई, कामना वान्तवालगायतको समेत उपस्थिति थियो । कार्यक्रममा बिबिएसकी छात्रा सपना राई र अध्यापक मौसम मगरले गीत पस्किएका थिए भने विद्यार्थीले पनि गीत र नृत्यले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको एकेडेमिक डाइरेक्टर अर्जुनले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP