एडिबी परियोजनाबारे बुझ्दै मेयर साम्पाङ

अफिसमा डाकेर सोधे- आयुडिपी किन फेल भयो, अहिले नै पनि किन पानी आउँदैन, पानी किन नखुवाएको ? चाँडै हिसाब किताब पनि खोज्छुः मेयर साम्पाङ (भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ २४

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले एडिबी परियोजनाको परामर्शदाता कम्पनी र ठेकेदार पक्षलाई बोलाएका छन् ।
यसअघि सार्वजनिक भाषण कार्यक्रममा ‘कन्सल्टेन्ट’ लाई पनि बोलाउँछु भन्दै आएका मेयर साम्पाङले शुक्रबार कार्यपालिका बैठक कक्षमा बोलाएर खानेपानी आयोजना किन असफल भयो भनेर प्रश्न तेस्र्याएका छन् । ‘आयुडिपी परियोजनाले हालसम्म पनि भनेजति पानी नसकेको भन्ने हाम्रो बुझाइ रहँदै आएको छ, अब भन्नुहोस्, आयुडिपी आयोजना फेल हुनुको कारण के हो ?’
मेयर साम्पाङले ठेकेदार कम्पनी तियाञ्जेन तुदी जेभीका प्रतिनिधि निर्माण गौली, परामर्शदाता कम्पनी बिडिएका अरुण नेपाललाई बोलाएका थिए । मेयर साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा र धरानबासीले समेत खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेल, आयोजनाका परामर्शदाता, ठेकेदार पक्षलाई आयोजनाबाट अहिलेसम्म किन भनेजति पानी नआएको र पानी किन खुवाउन नसकेको भनेर प्रश्न गरेका थिए ।
कार्यक्रममा उपस्थित धरानबासीले आयुडिपी आयोजनाले भनेजति पानी खुवाउन नसकेको र सम्बन्धित निकाय भ्रष्टाचारमा डुबेको आशङ्का समेत व्यक्त गरेका थिए ।

उपमेयर बेघाले जनतालाई यस्तो भयो, उस्तो भयो भनेर लेखेर आश्वासन दिएर मात्रै नहुने बताए । उनले जनतालाई यतिका वर्ष भुलाइएको पाइएको समेत बताए । ‘जनताले यस्तो भएको थियो, यस्तो भएको कारणले यस्तो भयो भनेर लेखेर दिएर मात्रै तिर्खा मेटिँदैन, अब मेरो पनि कुरा के छ भने पानी २० वर्ष पुग्छ भन्यौं, तीन तलामाथि चढ्छ भन्यौं, थुप्रै आए हामी मख्ख पनि भयौं, जनप्रतिनिधि नहुँदासम्म ठीकै लाग्थ्यो तर आज आउँदाखेरी पानी सङ्कट भइरहेको छ’, उनले भने ।
उता परामर्शदाता कम्पनीका प्रतिनिधि नेपालले भने आयोजनाको काम पूरा नै हुन नसकेको बताएका छन् । उनले सर्भेदेखि नै समस्या हुँदै आएको र हाल पनि आयोजनाको काम पूरा नै हुन नसकेको बताए । उनका अनुसार आयोजनाको काम डिपिआर अनुसार नै भएको तर पानी वितरणमा समस्या नै रहेको बताए ।
बोर्डका निर्देशक पोख्रेलले भने पुरानो संरचना बिग्रिएको कारणले पनि अहिले पनि पानी नआइरहेको बताए । ‘डिजाइनअनुसार बनाएको उत्पादनमा समस्या छैन तर लिकेजको कारणले पनि समस्या छ, अहिले पनि ट्रङकलाइन लिकेज छ, हामीले उत्पादन गरेको पानी सही छ, पानी कति छ भनेर चेक पनि गर्न सक्छौं नि ।’ ठेकेदार कम्पनीका प्रतिनिधि अरुण गौलीले इन्टरकनेक्सनमै पनि समस्या रहेको बताए ।
एकीकृत शहरी विकास आयोजना (आइयुडिपी) मा २ अर्ब १६ करोड १८ लाख ३९ हजार १६३ रुपैयाँ खर्च भएको लेखा शाखाले जानकारी दिएको छ । ठेकेदारलाई १ अर्ब ७४ करोड ७९ लाख ९२ हजार २४२ रुपैयाँ र परामर्शदातालाई १३ करोड १ लाख ६ हजार दिइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP