सहकारीः लोभले लाप, लापले बिलाप

बिल्लीबाठ बनाउने सहकारीबाट जनता अब सचेत बने ?


  • अनुषा थापा
  • २०७९ भदौ १९

पछिल्लो समय सहकारीहरु जनताको पैसा लिएर भटाभट भागेपछि जनताले सहकारीमाथि विश्वास पनि गर्न छोडिसकेका छन् र पैसा पनि जम्मा गर्न छोड्दै छन् । यसरी नागरिकले सहकारीहरुमा पैसा राख्न छोडेपछि सहकारीहरुले बढी ब्याजको प्रलोभनमा जनतालाई फसाइ बजारबाट पैसा उठाइरहेका छन् । सहकारीका अध्यक्ष तथा चेयरम्यानहरुले आफूखुशी ब्याज दिइरहेका छन् । अहिलेपनि जनताहरु ब्याजको लोभमा आफूसँग भएको पैसा सहकारीमा लगेर जम्मा गरिरहेका छन् । तर सहकारी विभागले बढी ब्याजमा नफस्नु भनेर जनतालाई सचेत पनि गराएको छैन । साथै कुन सहकारीले कति डिपोजिट वालाहरुलाई कति रकमको कति ब्याज दिएको छ भनेर पनि विभागले अनुगमन पनि गरेको छैन ।
ब्याज बढी पाइन्छ भनेर आफूसँग भएको पैसा सहकारीमा लगेर राख्दा भोलि साँवा नै डुब्छ भन्ने कुराको ज्ञान पनि जनतालाई भएको छैन । यसप्रति सहकारी विभाग वा सरकारले जनतालाई अहिलेसम्म सचेत गराएको छैन । सहकारीमा अध्यक्ष तथा चेयरम्यानहरु महिनौँ दिनदेखि कार्यालय आउँदैन तर कर्मचारीहरुलाई हिजो मात्र आएको भनेर भन्न गराउँछन् र सहकारी डुबेपछि कर्मचारीलाई नै थाहा नदिइ भाग्ने गर्छन् । यसरी सहकारी भागेपछि मात्र जनताले सहकारी डुब्यो र हामी पनि डुब्यौं भनेर थाहा पाउँछन् ।
सहकारीमा धितो राखेर ऋण खाने मानिसहरु पनि सहकारीले मलाई ठग्यो वा डुबायो भनेर रुँदै भन्ने गर्छन् । उनीहरुका अनुसार सहकारीमा धितो राखेर ४ लाख लिएको र साँवा, ब्याज गरेर २७ लाख तिरे पनि सहकारीले अहिलेसम्म धितो फुका गरेको छैन । साथै उनीहरु आफ्नो गुनासो पोख्न सहकारी विभाग दिनहुँ धाइरहेको पनि भेटिन्छ । कति सहकारीहरुले त जनताको पैसा लिएर भाग्यो भने कति भाग्ने तयारीमा छन् ।
सहकारीहरुले ५ प्रतिशत सेवाशुल्क र ४२ प्रतिशत ब्याज लिएर पनि कर्जा लगानी गरेको भेटिन्छ । सहकारीहरुले एक करोडको जेथो धितो राखेर वा रोक्का गरेर ५० लाख दिएको छ भने त्यसमा ५ लाख रकम घुस खाएको पनि सुनिन्छ । डिपोजिटहरु पनि बढी ब्याजको लोभमा सहकारीमा पैसा राख्ने र यता सहकारीबाट कर्जा खाने मानिसहरु पनि घुस दिएर वा सेवाशुल्क दिएपछि छिटै कर्जा पाइने भनेर कर्जा लिए । यसरी लोन खाने मानिसहरुले छिटो लोन पायो भनेर महङ्गो ब्याज तथा सेवाशूलक तिरे तर रकम लिएको तीन महिनापछि साँवा ब्याज तिर्न नसकेर उसले आफ्नो धितो नै छोडेर भाग्नु परिरहेको छ ।
पछिल्लो समय सबै सहकारीहरुले बढी सेवाशुल्क, ब्याज तथा घुस खानका लागि यस्तो ठाउँमा लगानी गर्दा उनीहरु डुबेका हुन् । सहकारीहरुले सम्पूर्ण लगानी घरजग्गा, शेयर र गाडीमा गरेका हुनाले उनीहरु आज डुबेका हुन् । अहिले पनि सहकारी विभागले घरजग्गा, सेयर र गाडीमा सहकारीहरुलाई लगानी नगर्नुृ भनेर जानकार गराएको छैन । अहिले पनि विभाग सहकारी कै पक्षमा बोल्छ । देशैभरि भएका सहकारीहरु डुबिसकेका छन् भने डिपोजिटवालाको बिल्लीवाँठ भएको छ ।
कति सहकारीमा अध्यक्ष तथा चेयरम्यानहरु जनताको पैसा फिर्ता गर्न नसकेर उनीहरुलाई पैसा ननिकाल्नु हामी बरु ब्याज बढाउँछौ भनेर भन्ने गर्छन् । उनीहरु डिपोजिटहरुलाई छुट्टाछुटटै राखेर कुराकानी गर्ने गर्छन् । साथै पहिला १२ प्रतिशत दिएको ब्याजलाई १८ प्रतिशत दिने र पहिला १५ प्रतिशत ब्याज दिएकोलाई २२ प्रतिशत भन्ने गर्छन् । यसरी ब्याजको लोभमा फसाई सहकारीहरुले अहिले नागरिकलाई पैसा झिक्न दिइरहेको छैन ।
सहकारी विभागका अनुसार कर्जा दिँदा १ प्रतिशत सेवाशुल्क र ब्याज १६.३ प्रतिशत लिन पाइन्छ । तर सहकारीहरुले डिपोजिटलाई यत्रो ब्याज दिएका छन् भने कर्जा तै कति प्रतिशतमा लगानी गर्ने गर्छन् त । सहकारीले अहिले कर्जा दिँदा ३ प्रतिशत सेवाशुल्क, सेयर किन्न लगाउने र २० देखि २४ प्रतिशतमा कर्जा दिने र मिटरब्याजमा पैसा लगाउने गर्छन् । पछिल्लो समय सहकारीबाट जेथो तथा धितो पास गरेर ऋण खाने मानिसहरु आज ऋण तिर्न नसकेर सडकछाप भएका छन् ।
सहकारीहरुले अहिले डिपोजिटलाई १५ दिनमा ५ हजार लग्नु भन्छन् र ब्याज पनि दिँदैन । जनताहरु अहिले ब्याज चाहिँदैन बरु साँवा मात्र दिनुस् भनेर भन्दा पनि उनीहरु पैसा फिर्ता गर्दैनन् । सहकारीका कारण लाखौँ जनताको १० खरब पैसा डुब्ने भएको छ । सहकारीमा काम गर्ने कर्मचारी वा बजार प्रतिनिधिहरुले पनि तीन महिनादेखि तलब नपाएको र घरभाडा पनि तीन महिनादेखि एक वर्षसम्मको नतिरेको कुराहरु सुनिन्छ । यसरी तलब नपाएपछि बजार प्रतिनिधिहरु बजारबाट उठाएका पैसाहरु अफिसमा नबुझाई आफ्नो तलबका रुपमा काटेर घरतिर लैजाने गर्छन् । बजारबाट पैसा राख्ने मानिसहरु आफ्नो पैसा सुरक्षित छ वा छैन र हामीले पैसा राखेर सहकारीको अवस्था कस्तो छ भनेर अफिसमा गएर बुझने पनि गर्दैनन् ।
यसपालिको दशै केहीदिन पनि बाँकी छैन । आफूले वर्षभरि खाइनखाइ सहकारीमा जम्मा गरेको पैसा दशैं मनाउनका लागि सहकारीमा झिक्न गएमा त्यहाँ अध्यक्ष र चेयरम्यान दुवै भेटिँदैन । अहिले आफैले राखेको पैसा सहकारीबाट झिक्न पाउनु भनेको नागरिकका लागि युद्ध जितेर आउनुभन्दा पनि ठूलो भएको छ । अहिले बजारमा सहकारीहरु टाप पल्टियो वा डुब्यो भन्ने कुरा बच्चादेखि वृद्धवृद्धासम्मलाई थाहा छ ।
कति सहकारीहरुले आफ्नै संस्थाको भवन छ भनेर डिपोजिट वालालाई पैसा फिर्ता नगरी अल्मल्याएर राखिरहेका छन् । अब ती सहकारीहरुले नागरिको पैसा पनि फिर्ता गर्न सक्दैनन् र नागरिकले पनि त्यहाँ गएर पैसा राख्ने छैनन् । सहकारीहरुले जनतालाई ३६ प्रतिशत ब्याज दिन्छु भने पनि त्यहाँ अब जनताले पैसा राख्दैनन् । अब जनता ब्याजको लोभमा आफ्नो साँवा डुबाउँदैनन् । सहकारी भागेपछि सहकारीमा पैसा राख्ने मानिसहरु त्यहाँ गएर रोएको देख्दा अब जनताले भुलेर पनि सहकारीमा पैसा राख्नुहुँदैन । यसबाट अब जनताले एउटा नयाँ पाठ सिक्नुपर्छ । आफ्नो पनि त्यहँी हालत हुन्छ भनेर अब जनताले सहकारीहरुमा पैसा राख्नु हुँदैन । सहकारी विभागका अनुसार सहकारीमा पैसा राख्ने मानिस आफैँ जिम्मेवार हुनुपर्छ र त्यो सहकारीको अवस्थाबारे अनुगमन गर्नुपर्छ । यसबाट अब जनताले सहकारीमा पैसा राख्नु हुँदैन भन्ने कुरा बुझिन्छ । ब्याज र कर्जाको लोभमा सहकारीमा आँखा चिम्लेर अब जनताले पैसा राख्नु हुँदैन । जनतामा पनि चेतना आउनुपर्छ ।अहिले देशैभरि दिनहुँ ५ ओटा भन्दा बढी सहकारीहरु भागिरहेका छन् ।
एउटा सहकारीले २ अर्बदेखि ७ अर्बसम्म पैसा लिएर भागिरहेको छ । अब पनि जनताले सहकारीमा पैसा राखे र आफूले राखेको पैसा ननिस्काले भने ती सहकारीहरु ढिलोचाँडो भाग्ने छ । कुन दिन र कुन समय भाग्छ भन्ने कुराको कसैलाई पत्तो छैन ।आज जाँदा सहकारीको ढोका खुला हुन्छ तर भोलि जाँदा सहकारी भागिसकेको हुन्छ । विगत २ वर्षदेखि सहकारीहरु घाटामा गएर डुबेको कुरा सुनिन्छ । अब सहकारीहरुले जनताको साँवा र ब्याज नै फिर्ता गर्न सक्दैनन् ।
सबै सहकारीहरु डुबिसकेका छन् । कोही डुबेर बाहिर आइरहेका छन् भने कोही डुबेर पनि लुकाएर बसिरहेका छन् । सहकारीहरु यसरी डुब्नु भनेको यिनीहरुले अन्धधोन्त रुपमा शेयर, घरजग्गा र गाडीमा लगानी गर्नु हो । एक वर्षअघि मूल्य बढेको समयमा एक कित्ता सेयर २ हजारमा बिक्री हुन्थ्यो भने अहिले सय रुपैयाँमा बिक्री गर्न सकिँदैन । २ वर्ष अघि आनाको २५ लाखमा बिक्री हुने जग्गा अहिले मूल्य घटेर आनाको ३ लाखमा पनि बिक्री हुँदैन । साथै एकवर्ष अघिमात्र ५ लाखमा किनेको सवारीसाधन अहिले बेच्छुभन्दा एक लाखमा पनि बिक्री हुँदैन ।
सहकारीहरुले बढी सेवाशुल्क , ब्याज र घुस खाएर यो तीन क्षेत्रमा सबैभन्दा बढी लगानी गरयो । यी तीन वस्तुहरुमा मन्दी आएर अहिले सहकारी र बैंकहरु चुलुम्म डुब्यो । अब सहकारी तथा बैंकहरुले न धितो बिक्री गरेर पैसा उठाउन सक्छन् न दिएको कर्जाको साँवा , ब्याज उठाउन सक्छन् । अब २० वर्षसम्म घरजग्गा, सेयर र गाडीहरुको मूल्यवृद्धि हुँदैन भनेर अर्थविद्हरु बताउँछन् । अब झन् सहकारीहरु डुबेर भाग्ने संख्या हवात्तै बढ्ने छ ।
बजारबाट पैसा उठाउने बजार प्रतिनिधिहरुले उठाएको पैसा सहकारीमा लगेर बुझाउँछन् र त्यो बुझाएको पैसा अध्यक्ष र सञ्चालकको खातामा जाने गर्छ र उनीहरु कर्मचारीलाई थाहा नै नदिई पैसा लिएर भाग्ने गर्छन् । अहिले सहकारीमा काम गर्ने कर्मचारीहरु पनि सञ्चालकहरु भाग्छन् र हामीलाई अप्ठयाारो हुन्छ भनेर तलबविना नै जागिर छोडिरहेका छन् । पहिला एक दिनमा एक बजार प्रतिनिधिले बजारबाट एक लाख उठाउने गर्थे भने अहिले ३ देखि ५ हजार पनि उठाउन सक्दैनन् । जनता तथा व्यापारीहरुले सहकारीमा पैसा राख्न छोडिसकेका छन् । सहकारीलाई जनताले विश्वास गर्न छोडे, अहिले सहकारीहरुले पर्दाभित्र बसेर जनता ठगेको कुरा बाहिर सार्वजनिक भइसकेको छ । सहकारी सञ्चालन गर्नेहरु सबै राजनीतिक पार्टीका कार्यकर्ताहरु नै हुन् ।
यिनीहरुले राजनितिक पार्टीलाई चन्दा दिएर वा सदस्यता लिएर यसरी जनतालाई ठगिरहेका छन् । पहिला पहिला शोषक तथा सामन्तीहरु मनिसलाई १ लाख पैसा दिएमा ५ लाखको तमसुक गराउने र उनीहरुको जेयाजेथो सबै खाइदिने गर्थे त्यसरी नै सहकारी सञ्चालकहरुले पनि जनतालाई मिटरब्याजमा पैसा लगाएर उनीहरुलाई सडकछाप बनाएका छन् । उनीहरुले १ लाखको ५ देखि १५ हजारसम्म ब्याज लिएको पनि सुनिन्छ । पछिल्लो समय सहकारीहरु कै कारण धेरै जनताहरुको उठीबास भएको छ ।
सरकारले मिटरब्याजीलाई त कारबाही गर्ने भनेको छ तर सहकारीहरुलाई तै कहिले गर्ने । अब सरकारले मिटरब्याजमा कर्जा दिने सहकारीको अनुगमन गरेर तीनीहरुलाई कारबाही गर्नुपर्छ । सबै सहकारीहरुले मिटरब्याजमा कर्जा प्रवाह गरेर नागरिकलाई सुकुम्बासी बनाएका छन् । यता दैनिक बजारबाट उठाएको पैसाको ब्याज १ महिनापछि ४ देखि ५ प्रतिशतमात्र दिने गर्छन् तर उता कर्जा खाने मानिसलाई एक दिनमात्र कित्ता तिर्न ढिलो भएमा २४ प्रतिशत पेलान्टी हाल्ने गर्छन् । पैसा निकाल्ने मानिसलाई महिना नबितेसम्म ब्याज दिँदैनन् तर कर्जा खाने मानिसको कर्जा तिरेको दिनसम्मको ब्याज लिने गर्छन् ।
सहकारीबाट लिएको कर्जाको महिनामहिनामा कित्ता तिरेपनि साँवा घट्दैन । उनीहरु तिरेको पैसा सबै ब्याजमा कटाउने गर्छन् । सहकारीबाट एक लाख कर्जा लिएमा २० हजार रुपैँया सेवाशुल्क, सेयर र घुस खुवाउँदा सिधिँन्छ र ८० हजारमात्र पाइन्छ । तर ब्याज र कित्ता भने चाहिँ त्यो १ लाखको र लिएको दिनदेखिको नै तिर्नुपर्छ । १ लाख पैसा लिनका लागि अर्को दुई जना जवानी बस्नुपर्छ र ती जपवानीहरुको पनि सहकारीमा खाता हुनुपर्दछ ।
साथै जवानी बस्ने मानिसहरुले पनि त्यो लोन लिएको मानिसले कर्जा नतिरेसम्म उसको आफ्रनै खातामा भएको रकम समेत झिक्न पाउँदैनन् । पहिलापहिला शोषक र सामन्तीले यस्तो काम गर्थे भने अहिले सहकारीहरुले गरिरहेका छन् । अब हामी जनताले बढी ब्याजको लोभमा फसेर आफ्नो साँवा डुबाउने काम गर्नुहुँदैन । साथै सहकारीमा पैसा राख्न पनि छोड्नुपर्छ र भएको पैसा पनि छिटोभन्दा छिटो निकाल्नुपर्छ । अब हामी आफै पनि सचेत हुनुपर्छ र अरुलाई पनि गराउनुपर्छ । (अनुषा पत्रकारिता विषयमा अध्ययनरत छिन् ।)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP