स्वस्थ रहन हिँडौंः डा. शाह


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ १२

धरानः परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २३ औं संस्करण सम्पन्न गरेको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण गरिएको सो निःशुल्क क्लिनिकमा विशेषगरी मुटु, मधुमेह र रक्तचाप सम्बन्धी परीक्षण गरिएको थियो । ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुका लागि आयोजना गरेको सो शिविरमा ६५ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।
परिवर्तनका लागि सामाजिक अभियानले विगत ११ महिनादेखि यो कार्यक्रम आयोजना गर्दै आइरहेको छ । धरानका विभिन्न वडाहरुमा विभिन्न संस्थाहरुसंग सहकार्य गर्दै कार्यक्रम आयोजना गर्ने गरेको अभियानले यस पटक धरान(८ स्थित बुद्ध बिहारमा कार्यक्रम आयोजना गरेको हो ।
स्वस्थ्य रहन बटवृक्ष जस्तो होइन, हिँडडुल गरिरहनुपर्ने डा शाहले बताए । ‘हामीहरु खानपानमा पनि ध्यान पुरयाउन सक्दैनौं, र हिँडडुल पनि गर्दैनौं, यदि स्वस्थ्य रहने हो भने बटबृक्ष होइन, हिँडडुल गरिरहने मानिस हुनुपर्दछ’ डा शाहले भने । अभियानका सदस्य त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न सो क्लिनिकमा सल्लाहकार मोहन श्रेष्ठ, वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य, प्रशान्त अग्रवाल र निशान नेपाल लगायतका अभियन्ताहरुको सहभागिता रहेको थियो ।
धरान उपमहानगरपालिका, वडा नं. १२ को स्वास्थ्य चौकीमा कार्यरत नर्स चेतना परियारले रक्तचाप तथा अन्य परिक्षण गरेकी थिइन् । बुद्ध बिहारमा यस्तो पुण्य कार्य गर्न पाएकोमा आयोजकका तर्फबाट सचिव किरण कार्कीले परिवर्तनका लागि सामाजिक अभियान र अभियन्तहरुप्रति आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP