धरानको बीपी प्रतिष्ठानमा ३० वटा आइसियु बेड थपियो

१२ वटा डाइलायसिस बेड पनि थप


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ ८

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० वटा आईसीयु बेड थप गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ करोड आर्थिक सहयोगमा प्रतिष्ठानले ३० आइसियू बेड खरिद गरि जडान गरेको हो । बेड थपिएपछि बिरामीको उपचारमा सहज हुने भएको छ ।
प्रतिष्ठानमा आउने बिरामीहरुले दैनिक आइसियू बेड नपाएका कारण महङ्गो शुल्क तिरेर विराटनगर, बिर्तामोड र काठमाडौंका अस्पताल गएर उपचार गराउन बाध्य भएका थिए । सरकारले प्रतिष्ठानमा ३० बेड साइसियू थप गरेपछि बिरामीको उपचारमा धेरै जहज हुने प्रतिष्ठानको आकस्मिक विभाग प्रमुख डा. ज्ञानेन्द्र मल्लले बताए ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका ३० बेड आइसियूको जडान कार्य भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. चुडामणि पोखरेलले बताएका छन् । यस्तै, प्रतिष्ठानमा मिर्गौला बिरामीको उपचारका लागि सहज बनाउन थप १२ वटा डाइलासिस बेड थप गरिएको छ । बेड थपिएपछि बिरामीहरुको उपचारमा जहज हुने भएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP