
सुनसरीः सुनसरीको दुहबी-३ स्थित इनरुवा दुहबी सडक खण्डमा ट्रिपरको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
बिहीबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख २१०१ नम्बरको ट्रिपरले साइकल यात्री भारत बिहार सिपोल घर भई दुहबी–२ मा डेरा गरी बस्दै आएकी ६० वर्षीया चन्द्रकलादेवी विश्वकर्मालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटी गई ट्रिपर चालक मोरङ बेलबारी– ८ का ३२ वर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।