धरानको हिविस्कस स्कुलमा स्कुल क्याप्टेन छान्न चुनाव

आयुषा श्रेष्ठ क्याप्टेन र आर्य शाह सहक्याप्टेनमा निर्वाचित (११ तस्वीरसहित)


  • हाम्रो कोशी आवाज
  • २०७९ असार ७

धरानः हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले क्याप्टेन र भाइस क्याप्टेनहरु निर्वाचनमार्फत् छानेको छ ।
निर्वाचनबाट आयुशा श्रेष्ठले ७१ मत ल्याएर स्कुल क्याप्टेन निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी सुप्रिया तामाङले ४२ मत प्राप्त गरे । यस्तै, स्कुल भाइस क्याप्टेनमा आर्यन शाह निर्वाचित भएका छन् ।
त्यसैगरी सोही निवार्चनबाट हाउस क्याप्टेन र भाइस क्याप्टेनको समेत यिनर्यााचन भएको छ । सो निर्वाचनबाट रेड हाउसमा हाङसाम लिम्बू र भाइस क्याप्टेनमा किमोन भारती, ग्रिन हाउसमा विशाल विक र भाइस क्याप्टेनमा मञ्जरी भुजेल ब्ल्यु हाउसमा सुष्मा तामाङ र भाइस क्याप्टेनमा महिमा राई र येल्लो हाउसमा सिमोन श्रेष्ठ र भाइस क्याप्टेनमा रिदम श्रेष्ठ निर्वाचित भए ।
निर्वाचन प्रक्रियामा कक्षा–४ देखि कक्षा १० सम्मका २ सय ४० विद्यार्थीहरु मतदान गरेका थिए । निर्वाचनमा सहभागी हुन पाउँदा निर्वाचन कसरी हुँदो रहेछ भन्ने कुराको जानकारी भएको सो निर्वाचनको उम्मेदवार समेत रहेकी कक्षा–१० की छात्रा सुप्रिया तामाङले बताइन् । यी यस्ता क्रियाकलापले आफूमा ज्ञानसँगै आत्मविश्वास बढेको समेत उनले बताइन् ।
निर्वाचनमा मत माग्ने क्रममा उम्मेदवारहरुले विद्यार्थीमाझ आफ्नो विभिन्न योजना सुनाएका थिए । मत माग्ने क्रममा नै स्कूल क्याप्टेनका उम्मेदवार रहेका आयुशा श्रेष्ठले विद्यालयमा खानेपानी तथा सरसफाइको बारे विद्यालय प्रशासनसँग नियमित छलफल गर्दै कार्य गर्ने भन्दै भोट मागेका थिए । उनको जीतपछि विद्यालयमा साबुन तथा मिठाइ बाँडेर खुशी मनाए र भने, ‘मलाई मत दिएर जिताउनु भएकोमा सम्पूर्णमा बधाई । मलाई जिम्मेवारी थपिएको छ । म तपाईहरुसँगै पूरा गर्नेछु ।’
विद्यालयका शिक्षक तथा निर्वाचन समितिका संयोजक विकासकुमार शाहले निर्वाचन गराउँदा आफै पनि धरै कुरा जान्न अवसर मिलेको कुरा बताए । उनले भने, ‘मैले भोट मात्र हालेको थिएँ तर निर्वाचन गराउने अवसर पनि मिल्यो । ’
निर्वाचित स्कुल क्याप्टेनलाई निर्वाचन समितिका संयोजक विकासकुमारले शपथ खुवाएका थिए भने स्कुल क्याप्टेनले अन्य क्याप्टेन र भाइस क्याप्टेनलाई शपथ खुवाएका थिए । विद्यालयका प्रवन्ध निर्देशक गंगाराम राई र सहायक प्रिन्सिपल विजयसिं थेबेले विजयी बनेका छात्रछात्रालार्ई ब्याच वितरण गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP