धरानको घण्टाघरमा कला

पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास


  • हाम्रो कोशी आवाज
  • २०७९ असार ७

धरानः परिवर्तनका लागि सामाजिक अभियानले धरानको पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरेको छ ।
धरान भानुचौकको घण्टाघर परिसरमा आयोजित कार्यशालामा विराटनगर, काकडभिट्टा, धुलाबारी, बेलबारी, बर्जु, इटहरी, धनकुटालगायत धरानका कलाकारहरुको सहभागिता रहेको थियो ।
परिवर्तनका लागि सामाजिक अभियानले स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्ने लक्ष्यअनुरुप सो कार्यक्रम आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । ‘हामीले धरानको पर्यटन प्रवद्र्धनका लागि एक इँटा थप्ने कोसिस गरेका हौं, शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा कार्यरत् रहेका छौं ।’ बरालले भने ।
विराटनगरकी वरिष्ठ कलाकार अनुराधा थापा यस्ता कार्यक्रमहरुले कलाकारहरुबीच कलाका बारेमा नयाँ कुराहरु छलफल गर्ने र अवलोकनकर्ताहरुले समेत प्रत्यक्ष कला नियाल्ने अवसर पाउने बताइन् । कार्यशालामा धनकुटाका डिल्लीकृष्ण आले, काकडभिट्टाबाट छितेन शेर्पा, तुलसी श्रेष्ठ, बर्जु गाउँपालिकाका शिव गुरुङ, बेलबारीका शिव छाङ्छा राई, गणेश लामा, इटहरीकी यशोदा लम्साल, धरानका प्रनोद दत्त लगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।
इटहरीकी यशोदा लम्सालले धरानका नगरप्रमुक हर्कराज राईको तस्वीर बनाएकी थिइन् । निशान नेपालको संयोजकत्वमा सम्पन्न सो कार्यशालामा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, पूर्व मेयर तिलक राईलगायत विभिन्न विद्यालयका विद्यार्थीहरुले समेत अवलोकन गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP