तीब्र गतिको सवारीले लिँदै ज्यान

तीब्र गतिमा हुइँकिएको सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७९ असार ७

धरानः दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा–१३ पोर्ताहा बस्ने ५२ वर्षीय कुमार बस्नेत रहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका १३ भातीखर्कस्थित मदन भण्डारी पक्की सडक खण्डमा बेल्टार बाट गाईघाटतर्फ आउँदै गरेको बा९च ३८४६ नम्बरको बोलेरो गाडी आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । भित्तामा ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार उनको कानमा चोट लागेको थियो ।
तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याई उपचारका क्रममा साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चालक ३७ वर्षीय इन्द्र चौधरी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बेलबारी–१० बस्ने ३१ वर्षीय कुसुमलाल धिमाल रहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ७७५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । मोटरसाइकलमा सवार पथरीशनिश्चचरे–६ बस्ने २८ वर्षीय रमेश धिमालसमेत घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको । दुर्घटनाको कारण तीब्र गति रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP