धरानमा प्रदेश १ स्तरीय ‘सेफ कम्पिटिसन’

स्किल कलेजका लिम्बू र खड्को समूह पहिलो बन्यो, पाए ५० हजार नगद र छात्रवृत्ति


  • हाम्रो कोशी आवाज
  • २०७९ असार ६

धरानः प्रदेश नं. १ स्तरीय अन्तर प्लस टु ‘युएन सेफ कम्पिटिसनमा स्किल कलेज इटहरीका नविन खड्का र इक्सा लिम्बूको समूह पहिलो भएको छ ।
धरान–१६ स्थित युएन कलेज बिएचएम विभागको आयोजनामा सोमबार भएको प्रतियोगितामा प्रिमियम कलेज इटहरीका राहुल धमला र विपना कार्कीको समूह दोश्रो भएको छ ।
त्यस्तै, नवोदय विद्या मन्दिर इङ्लीस बोर्डिङ स्कुल (प्लस टु) धरानका याङ्जि शेर्पा र लक्ष्मी पोख्रेलको समूह तेश्रो भएको छ । बिजेताहरुलाई युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झा, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, निर्णायकद्वय ग्लोबल नेप्लिज सेफ फेडरेसन प्रदेश १ का अध्यक्ष निरज श्रेष्ठ र फेडरेसनका सुनसरी अध्यक्ष प्रेम लिम्बूले नगद, ट्रफी र प्रमाण–पत्र वितरण गरे ।
पहिलो हुने समूहले ५० हजार रुपैयाँ नगद, युएन कलेजमा बिएचएम पढ्न ५० हजार बराबरको छात्रवृत्ति, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे । दोश्रो हुने समूहले ३० हजार रुपैयाँ नगद, बिएचएम पढ्नको लागि ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।
त्यस्तै, तेश्रो हुने समूहले २० हजार रुपैयाँ नगद, युएन कलेजमा बिएचएम पढ्नको लागि २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।
प्रतियोगितामा ४ वटा कलेजका ६ समूहहरु सहभागी थिए । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले अन्तर कलेज स्तरीय सेफ कम्पिटिसन प्रदेश नम्बर १ मै पहिलोपटक युएन कलेजले गरेको दावी गरे ।
होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीले सिकेको कुरालाई सही प्लेटफर्म प्रदान गर्ने उद्देश्यले सेफ कम्पिटिसनको आयोजना गरेको क्याम्पस प्रमुख तुम्बापोले बताए । तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP