धरानमा बास्केटबल ‘ट्यालेन्ट हन्ट’ शुरु

प्रतिभावान खेलाडीलाई कक्षा-११ मा छात्रवृत्ति


  • हाम्रो कोशी आवाज
  • २०७९ असार ५

धरानः धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आइतबारदेखि ७ औं ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ क्याम्प सुरु भएको छ ।
एसइई दिएर बसेका विद्यार्थी खेलाडीहरुलाई लक्षित ट्रेनिङ क्याम्पमा एसइई दिएर बसेका विद्यार्थीसँगै १० कक्षामुनिका विद्यार्थी, प्लस टुका विद्यार्थी र व्याचलर्स लेवलका गरी ५० जनाभन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।
बास्केटबल खेलको विकाससँगै उदयीमान खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित क्याम्पमा सहभागी एसइई दिएका विद्यार्थीमध्येबाट प्रतिभावान खेलाडीहरुलाई धरानको विभिन्न कलेजमा कक्षा ११ मा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी गराए । उनीहरुलाई धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, डिपो स्कुल, सियोन स्कुल र सगरमाथा एसडी कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।

धरानका विभिन्न कलेजमा सयभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्तिमा अध्यापन गराइरहेको आयोजक धरान बास्केटवल संघले जनाएको छ । कार्यक्रममा एम्स एकेडेमीका तर्फबाट पाँच वटा बास्केटबल र धरान मेघा कलेजको तर्फबाट तीन वटा बास्केटवल आयोजक बास्केटवल संघलाई प्रदान गरिएको थियो । सहयोग प्राप्त बल एम्स एकेडेमीका प्राचार्य मित्र तामाङ र धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले क्याम्पका प्रशिक्षकहरुको हातमा हस्तान्तरण गरेका थिए ।
सहभागीहरुलाई प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, हेमन्त राई, डा. आशा राई, रोशन राई, युगल लिम्बू, कविन मगर र दिवस राईले प्रशिक्षण दिनेछन् । ट्रेनिङ क्याम्प धरान–१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ । क्याम्प असार १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP