यसपटकको चुनावमा ७७ पत्रकारले चुनाव जिते

सक्रिय राजनीतिमा लागेकालाई विदाइ


  • हाम्रो कोशी आवाज
  • २०७९ असार ३

धरानः स्थानीय तहमा विजयी र उम्मेदवार बनेर सक्रिय राजनीतिमा होमिएका पत्रकारलाई नेपाल पत्रकार महासङ्घले जिम्मेवारी र साधारण सदस्यता समेतबाट हटाउन थालेको छ । नेपाली पत्रकारितालाई स्वतन्त्र, निष्पक्ष र व्यावसायिक तुल्याउन महासङ्घले चालेको शुद्धीकरणको अभियानअन्तर्गत सक्रिय राजनीतिमा लागेका पत्रकारलाई महासङ्घबाट बिदाइ गरिएको हो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हालसम्मको विवरणअनुसार महासङ्घमा सदस्य रहेका ७७ जना पालिकाको प्रमुख उपप्रमुखसहित विभिन्न पदमा विजयी र २०७ जना उम्मेदवार रहेका थिए । विजयी भएकालाई महासङ्घले साधारण सदस्यताबाट स्वतः हटाएको छ भने उम्मेदवार भएका वा उम्मेदवार भएर फिर्ता लिएकालाई महासङ्घको केन्द्र, प्रदेश र जिल्ला कमिटीको पदाधिकारी वा कार्यसमितिमा रहेकाको हकमा उक्त जिम्मेवारीबाट मुक्त गराई साधारण सदस्य हटाउने तयारी गरेको छ । महासङ्घका केन्द्रीय सदस्य शान्त आङबुहाङ र दीपेन्द्र रुम्दाली राईसहित ३० जना सदस्यले उम्मेदवारी दिनुअगावै महासङ्घबाट राजीनामा दिएका थिए । महासङ्घले ती राजीनामा स्वीकृत भइसकेको जनाएको छ ।
महासङ्घका महासचिव रोशन पुरीका अनुसार महासङ्घका सदस्यमध्ये प्रदेश नं १ मा २८ जना उम्मेदवार र १४ जना विजयी, मधेस प्रदेशमा २४ जना उम्मेदवार र पाँच जना निर्वाचित, बागमती प्रदेशमा ४१ जना उम्मेदवार र १३ जना विजयी, गण्डकी प्रदेशमा ३३ जना उम्मेदवार र १५ जना विजयी भएका थिए ।
यस्तै पत्रकारिताबाट राजनीतिमा लागेकामध्ये लुम्बिनी प्रदेशमा ३७ जना उम्मेदवार र १५ जना विजयी, कर्णाली प्रदेशमा २४ उम्मेदवार, १२ जना विजयी र सुदूरपश्चिम प्रदेशमा २० जना उम्मेदवार र १० जना विजयी भएका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP