
धरानः धरानमा लिम्बुवान नागरिक समाज युकेद्वारा स्थापना गरिएको प्रथम काङसोरे पुरस्कार वीर नेम्वाङलाई प्रदान गरिएको छ ।
उनलाई आइतबार नगद एक लाखसहित सम्मान गरिएको छ । नेम्वाङलाई सो पुरस्कार र सम्मान लिम्बुवान मुक्ति र स्वायत्तताको आन्दोलन साथै याक्थुङ ( लिम्बू) भाषा लिपी, संस्कृतिको संरक्षण तथा विकासमा उल्लेखनीय योगदान गरेवापत प्रदान गरिएको लिम्बुवान नागरिक समाज युकेका सभापति छत्र वनेमले जानकारी दिए । आगामी दिनहरुमा यस्तै ब्यक्तित्वहरुलाई सो पुरस्कार प्रदान गरिने जानकारी किरात याक्थुङ चुम्लुङ सुनसरीका सल्लाहकार स्वर्णिमहाङ फोम्बोले जानकारी दिए ।
कार्यक्रममा स्वागत भाषण लिम्बू पत्रकार संघ नेपालका कोषाध्यक्ष सिंहबहादुर मादेनले गरेका थिए भने शुभकामना मन्तब्य कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले व्यक्त गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य विशेष अतिथि किरात याक्थुङग चुम्लुङका केन्द्रीय महासचिव डा. योगेन्द्र पालुङवा, लिम्बू भाषाविद एव इतिहासविद कमल तिगेलाले दिएका थिए । कार्यक्रम सञ्चालन लिम्बू पत्रकार नेपालको सचिव निलिफा सुब्बाले गरेकी थिइन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भण्डारीले तिरमा मटेङ्ग्रा तानेर गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा