
धरानः सामान्यतया निर्वाचन नेता छान्न हुने गर्छ । नेपालको हकमा भने राजनीतिक तहमा ‘लिडर’ छान्न प्रायः चुनाव हुन्छ, चाहे त्यो पार्टीमा होस् वा भातृ सङ्गठन (विद्यार्थी) सङ्गठनतिर ।
तर, धरान–११ को ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा क्याप्टेन छान्न चुनाव भएको छ । कक्षा १० सम्म पढाइ हुने विद्यालयले मतदान गरेर क्याप्टन चुनेको छ ।
चुनावबाट आयुष लिम्बू क्याप्टेन चुनिएका छन् । त्यस्तै भाइस क्याप्टेनमा आयुष राईलाई चयन गरिएको प्रिन्सिपल अरुण राईले जानकारी दिए । उनका अनुसार ग्रीन हाउसमा सविना राई, प्रिया रिजाल क्रमशः क्याप्टेन, भाइस क्याप्टेन चुनिए । यस्तै, ब्ल्यु हाउसतर्फ अस्मी कार्की र सविना लिम्बू, यल्लो हाउसमा मातृका राई क्याप्टेन, प्रिया राई भाइस क्याप्टेन, रेड हाउसमा सिर्जना अधिकारी, सुशन श्रेष्ठ क्रमशः क्याप्टेन र भाइस क्याप्टेन चुनिएका छन् ।
सबै विद्यार्थीले चुनावमा सहभागिता जनाएका थिए । जो चुनिए उनीहरुले केही मतान्तरले चुनाव जितेका थिए ।