धरानकी मेरिकाद्वारा भोट दिएर जिताउन आग्रह


  • हाम्रो कोशी आवाज
  • २०७९ जेठ २२

धरानः धरान-१४ विजयपुरकी मेरिका बाँस्कोटा ‘दि हिडन ट्रेजर’ द्वारा आयोजित मिस नेपाल–२०२२ को फाइनलमा पुगेकी छिन् ।
देशभरिबाट करिब ८ सय जना युवतीहरुले मिस नेपालमा भाग लिन आवेदन दिएका थिए । देशका सात वटै प्रदेशमा भएको अडिसनबाट छानिएका २ सय जनाको गत जेष्ठ ३ गते राजधानीस्थित होटल याक एन्ड यतिमा प्रतिष्पर्धा भएको थियो ।
सो प्रतिष्पर्धाबाट धरानकी मेरिका फाइनलका लागि उत्कृष्ट २४ मा पर्न सफल भएकी हुन् । मेरिकाले आफूलाई भोट दिएर जिताउन सबैसँग आग्रह गरेकी छिन् । उनलाई भोट दिनका लागि मोबाइलको प्ले स्टोरमा गएर खल्ती एप्स डाउनलोड गरी इभेन्ट सेक्सनमा गएर क्लिक गर्ने र त्यहाँ मिस नेपाल–२०२२ लेखेको आइकन आउँछ त्यहा क्लिक गर्ने त्यसपछि सबै सहभागीहरुको प्रोफायल आउँछ । त्यसपछि मेरिकाको प्रतियोगि नम्बर ७ मा क्लिक गरेर भोट गर्न सकिन्छ ।
जहाँ एउटा फ्री भोट हुन्छ भने अन्य पैसा तिरेर जति पनि भोट गर्न सकिनेछ । मिस नेपाल–२०२२ को फाइनल प्रतिष्पर्धा आगामी असार–४ गते गोदावरीको कन्भेन्सन हलमा हुँदैछ । धरानको विष्णु मेमोरियल माविबाट एसइई र प्लस टु उत्तीर्ण गरेकी मेरिकाले भैरहवा मेडिकल कलेजबाट बिडिएसको अध्ययन पूरा गरेको उनका काका सुमन बाँस्कोटाले जानकारी दिए । मेरिकालाई आफ्नो अमूल्य भोट दिएर जिताउन समेत बास्कोटाले आग्रह गरे ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP