धरानमा लौरो र रुखको झिनो मत अन्तर

धरान-१८ माप्रविन राईले फेरि जिते, प्यानलै विजयी


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ जेठ ४

धरानः धरानमा २७ हजार ६ सय ८७ मतगणना भइसक्दा रुखभन्दा लौरो झिनो मतले मात्रै पछाडि छ ।
पछिल्लो मत परिणामअनुसार मेयरमा किशोर राईले ७ हजार ८ सय ९० मत ल्याएका छन् भने पछ्याउँदै आएका हर्क साम्पाङले ७ हजार ८ सय २२ मत ल्याएका छन् ।
यस्तै, मञ्जु भण्डारीले ६ हजार ५ सय १९ मत प्राप्त गरेकी छिन् ।
यस्तै, उपमेयरमा अइन्द्रविक्रम बेघाले ८ हजार ८८५ र पदम इश्वोले ८ हजार ५०८ मत ल्याएका छन् ।
यसैबीच धरान उपमहानगरपालिका १८ नं. वडाको अन्तिम परिणाम आएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार प्रविन (नरेन्द्र) कुमार राई प्यानलसहित विजयी भएका छन् । १ हजार तीन सय ४९ मत खसेकोमा उनले ७८४, एमालेका सूर्य ऋषिराज राईले ३०६ ल्याएका थिए । महिला सदस्यमा दिलकुमारी राई ५९८, दलित महिला सदस्यमा जमुना त्रिखत्री ६०८,महिला सदस्यतर्फ टंकप्रसाद गुरुङ ६६६, खुला सदस्यमा दिवन राई ४६६ मत पाएर विजयी बनेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP