४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ जेठ ४

धरानः स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ। नेकपा एमाले १ सय१७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ८३ पालिकामा विजयी भएको छ। एकीकृत समाजवादी ७ ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले ५ वटा पालिका विजयी भएकाे छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा पालिका विजयी भएकाे छ। अन्य १० स्थानमा स्वतन्त्र तथा अन्य दलहरुले विजयी भएका छन् । हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये १ सय २९ ठाउँमा कांग्रेस अगाडि छ भने ८३ ठाउँमा एमाले तथा ३३ ठाउँमा माओवादी केन्द्र अगाडि रहेकाे छ।
३० ठाउँमा जसपा, १६ ठाउँमा एकिकृत समाजवादी, १० ठाउँमा लोसपा तथा १६ ठाउँमा अन्य उम्मेदवारहरु अगाडि रहेका छन्।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP