धरानमा निर्वाचनको तयारी पूरा

सुरक्षा व्यवस्था कडा, तीन घेरामा सुरक्षाकर्मी, सुनसरीमा मादक पदार्थ खुवाउने, लोभलाचच देखाउने र झडप हुने भन्दै हिँडडुलमा रोक


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ वैशाख २९

धरान-१६ स्थित चन्द्र संस्कृत माविको मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी । तस्वीरः हाम्रो कोशी आवाज

धरानः धरानमा सुरक्षाकर्मी बिहीबार नै मतदानस्थान तथा केन्द्रको सुरक्षामा खटिइसकेका छन् ।
धरानमा शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा मात्रै ३१४ जना म्यादी र १९७ जना प्रहरी सुरक्षार्थ खटिसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्वाचनको सुरक्षार्थ प्रहरी मात्रै करिब २५० बढी खटिनेछन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता नरेन्द्र कार्कीका अनुसार हजार सुनसरीमा प्रहरी मात्रै १४ सय प्लस, म्यादी प्रहरी २ हजार ७६ खटिने जानकारी दिए । प्रत्येक पालिकामा गाडी मोबाइल, रिजर्भलगायत पनि खटिने उनले जानकारी दिए । धरानमा करिब १२ सय सुरक्षाकर्मी परिचालित हुने उनले जानकारी दिए ।
तीन तहको सुरक्षा घेरा हुने भन्दै उनले पहिलो सुरक्षा घेरामा जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने जानकारी दिए ।
यसपटक निर्वाचन बिथोल्ने गतिविधि हुन नसक्ने देखिए पनि धरानको सुरक्षा व्यवस्था कडा पारिएको डिएसपी श्रेष्ठल जानकारी दिए ।
यसैबीच, निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ३ सय २४ मतदाता रहेको धरान उपमहानगरपालिकामा यसपटक १०७ मतकेन्द्र तोकिएका छन् ।
चार गाउँपालिकामा हिँडडुलमा रोक
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका ४ गाउपालिकासहित तिन नगरपालिकाका केही वडामा घरबाहिर हिँडडुल गर्न रोक लगाएको छ ।
सुनसरी प्रशासनले जिल्लाको भोक्राहा–नरसिह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउपालिका र देवानगञ्ज गाउँपालिकासहित इटहरी उपमहानगरपालिकाका र अन्य दुई नगरपालिकामा साँझदेखि घर बाहिर हिडडुल गर्न रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी गरिएको सूचनामा इटहरी उपमहानगरपालिकाको ३ नम्बर वडा, दुहवी नगरपालिकाको १ नम्बर, ८ नम्बर र ९ नम्बर वडा र इनरुवा नगरपालिकाको ३ नम्बर वडा, ९ नम्बर वडा र १० नम्बर वडामा साझ ८ बजेदेखि बिहान ५ बजेसम्म घरबाहिर सुरक्षाकर्मीको अनुमती बिना हिँडडुल गर्न रोक लगाइएको हो ।
उनका तह निर्वाचनको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी निर्वाचन आचारसंहिता पालना गर्नका लागि वैशाख २९ गते बेलुकीदेखि वैशाख ३० गते बिहान ५ बजेसम्म घरबाहिर निस्किएर हिँडडुल गर्न रोक लगाइएको हो । प्रजिअ यादवले सुनसरी प्रशासनले जारी गरेको आदेश विपरित कार्य गरेको अवश्थाका स्थानीय प्रशासन ऐन विपरित कानुन बमोजिम कारवाही हुने बताए ।
दलहरुले चुनावको मौन अवधीमा मतदातालाई दवावमा पारेर आपसी प्रतिष्पर्धा गर्दा विवाद हुनुका साथै दुई पक्षीय झडपको स्थिति उत्पन्न भएकाले यस्तो निर्णय लिइएको उनले जानकारी दिए ।
चुनावको मौन अवधीमा राजनीतिक दलहरुले टोल वस्तीमा गएर मादक पदार्थ खुवाउने, लोभ लाचचमा पारेर पैसा वितरण गर्ने लगायतका कार्य गर्दै आपसमा झडप हुन थालेपछि सुनसरी प्रशासनले आपसी झडप हुन नदिन घरबाहिर हिँडडुलमा रोक लगाएको बुझिन्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP