कसैको प्रलोभनमा नपरी र मत बदर नहुने गरी मतदान गर्न आग्रह

पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई मतदान गर्न आग्रह


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ वैशाख २९

धरानः निर्वाचन आयोगले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् ।
भोलि स्थानीय तहका ७५३ वटै पालिकामा मतदान हुँदैछ । मतदानलगत्तै मतगणना सुरु हुने पनि उनले बताए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धक्क भएर स्थानीय तह निर्वाचनको मतदान कार्यमा सरिक हुन अपिल गरेका छन् । उनले बिहीबार निर्वाचनमा सहभागी हुन अपिल गरेका हुन् ।
‘राष्ट्रिय उत्सवको रुपमा ग्रहण गर्दै सबै मतदाताले आ–आफ्नो मताधिकार प्रयोग गर्नुहुन सम्पूर्ण मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक अपिल गर्दछु,’ उनले भने ।
कसैको प्रलोभवनमा नपरी मत बदर नुहने गरी मतदानमा सहभागी हुन उनको आह्वान छ ।
‘पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही ठाउँमा प्रयोग गर्न म सबै मतदाताप्रति हार्दिक आह्वान गर्दछु’, थपलियाले भने ।
त्यसैगरी शान्ति सुरक्षाको पूर्ण प्रबन्ध गरिएको उनले बताए । नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतले मतदान गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए । मतबदर नहुने गरी मतदान गर्न उनको आग्रह छ ।
मतदान भइसकेपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको थपलियाले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP