
धरानः धरानलगायत देशभर भोलि अर्थात् शुक्रबार स्थानीय तह निर्वाचनको हुँदैछ । निर्वाचनका लागि धरानमा पनि आवश्यक तयारी पूरा भएको छ ।
धरानका १०७ वटा मतदान केन्द्रबाट एकसाथ मतदान हुँदैछ । बिहीबार मतदाता परिचयपत्र वितरण गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने काम सकिएको छ । बिहीबार दिनभरी मतदानस्थल निर्माणका लागि कर्मचारी खटिएका थिए । यो समाचार तयार पार्दासम्म लगभग मतदान केन्द्रको निर्माण सकिइसकेको छ ।
यसैबीच धरानमा १०७ वटा मतदानस्थल तोकिएको छ । १७ वटा पालिका रहेको मोरङमा स्थानीय तह निर्वाचनका लागि ३ सय मतदानस्थल र ८ सय २० मतदान केन्द्र तोकिएको छ ।तस्वीरमा धरान–१६ स्थित चन्द्र संस्कृत मावि, धरान-२ को शिक्षा निकेतन र धरान-१८ कार्मेल हाइस्कुलस्थित मतदानस्थल । हेरौं, कहाँ कहाँ तोकिए मतदानस्थल ? बिहीबार मतदाता परिचयपत्र वितरण गर्ने हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सं.