धरानको मेयरमा मात्रै २२ जनाको उम्मेदवारी

मेयरमै २९ वर्षीय युवादेखि ६० वर्ष नकटेकासम्म, काका वडाध्यक्ष, भतिज मेयर


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ वैशाख १३

धरानः आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि धरान उपमहानगरपालिकाको मेयरकै लागि मात्रै २२ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उपमेयरमा पनि ११ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
धरान उपमहानगरका लागि हालसम्म ४ सय ७१ जनाले उम्मेदवारी दिएको र दर्ता समेत भइसकेको उनले जानकारी दिए ।
मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत १४ राजनीतिक दलको उम्मेद्वारी परेको छ । यस्तै, ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको उनले जानकारी दिए ।
मेयर पदका लागि उम्मेदवारी दिनेहरु
किशोर राई नेपाली काङ्ग्रेस
मञ्जु भण्डारी सुवेदी नेपाल कम्युनिस्ट पार्टी (एमाले),
ताजुबकुमार लिम्बू, जनता समाजवादी पार्टी नेपाल छन् ।
रेवतीरमण राई, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी),
रेणुका विक मौलिक जरोकिलो पार्टी
दीर्पाकुमारी राई मङ्गोल नेशनल अर्गनाइजेसन,
हर्कराज राई (हर्क साम्पाङ) स्वतन्त्र
राजेशकुमार राई राष्ट्रिय जनमुक्ति पार्टी
अम्बरबहादुर लिम्बू (अमर इजम) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
सुस्मिता कार्की सचेत नेपाली पार्टी
उमेश राई खम्बुवान राष्ट्रिय मोर्चा नेपाल
लोकेन्द्रबहादुर डङ्गोल आमूल परिवर्तन मसिहा पार्टी नेपाल
सुवर्णशमसेर राई स्वतन्त्र
पासाङ शेर्पा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
सूर्यबहादुर न्यौपाने स्वतन्त्र
राजकुमार राई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
रत्नबहादुर कटुवाल स्वतन्त्र
नरेशकुमार शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टी
टोलकुमारी लुइँटेल स्वतन्त्र
सञ्जय पाण्डे स्वतन्त्र
श्यामकुमार भुजेल स्वतन्त्र
सञ्जीव भट्टराई, स्वतन्त्र
उपमेयरमा उम्मेद्वारी दिनेहरु
आइन्द्रविक्रम बेघा नेकपा माओवादी केन्द्र (गठबन्धन)
पदमप्रसाद लिम्बू, नेकपा एमाले,
अमृता सुनार, नेकपा एकीकृत समाजवादी
दत्तकुमार लिम्बू स्वतन्त्र
पूर्णमाया राई, राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रेमप्रसाद तिम्सिना, स्वतन्त्र
विनाकुमारी राई, जनता समाजवादी पार्टी
श्यामकुमार तामाङ, राष्ट्रिय जनमुक्ति पार्टी
सरस्वती सुब्बा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
हर्कराज राई, किरात खम्बुवान साझा पार्टी
हेमकुमार दाहाल, मौलिक जरोकिलो पार्टी
धरान उपमहानगरपालिकामा १ सय २४ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
मेयरमै २९ वर्षीय युवादेखि ६० वर्ष नकटेकासम्म
मेयर पदमा २९ वर्षीय युवादेखि ५६ वर्षीयसम्म अर्थात् ६० वर्ष नकाटेकले उम्मेद्वारी दिएका छन् । यीमध्ये सबैभन्दा बढी उमेर हुनेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अम्बरबहादुर लिम्बू (अमर इजम) रहेका छन् । उनी ६० वर्ष कटेका छैनन् । अन्य पनि उम्मेद्वार पनि ६० वर्ष कटेको पाइएन ।
यस्तै, सबैभन्दा कम उमेरका २९ वर्षीय युवा धरान-१६ का सञ्जीव भट्टराईले मेयर पदमा उम्मेदवारी दिएका छन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । १९ दिने जनआन्दोलनमा भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा भाषण गरिरहँदा धेरै नेताहरुले उनको भाषण मन पराएका थिए । उनले त्यतिबेलै पनि नेता र जनताको ताली पाएका थिए ।
सानै उमेरमा यतिको दमदार भाषण गरेको भन्दै धेरैले आश्चार्य समेत मानेका थिए । त्यतिबेला उनी किशोरावस्थामा पनि प्रवेश गरेका थिएनन् । उनले नेकपा एमालेले धरान-१६ बाट कुनैपनि पदमा उम्मेदवारी नदिने भएपछि स्वतन्त्रबाट मेयर पदमा उठेको बताएका छन् । ‘खासमा भन्ने हो भने नेकपा एमालेले धरान-१६ को वडाध्यक्षमा उम्मेदवारी दिन्छ भन्ने आशामा थिएँ तर त्यसो भएन’, उनले भने, ‘अन्ततः धरान-१६ बाटै र धरान उपमहानगरबाटै राम्रा उम्मेदवार नआएकोले मैले मेयर पदमा उम्मेद्वारी दिएको हुँ । स्वतन्त्रबाट जुन पदमा उठेपनि भइहाल्छ नि भनेर मेयर पदमा उम्मेदवारी दिएँ ।’
अझ रोचक त के छ भने नेपाली काङ्ग्रेसबाट क्षेत्रीय सभापतिमा जितिसकेका मुरारी भट्टराई धरान–१६ को वडाध्यक्षमा उम्मेदवार छन् । मुरारी र सञ्जीव काका भतिज हुन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP