विवाह बन्धनमा बाँधिने निर्णयपछि मेलिना राईको प्रतिक्रिया- मैले गल्ती गरेको भए माफी दिनुहोस्

आफ्नै समुदायले बढी गाली गर्नुभयो मन बिझाएको छ


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ वैशाख ४

धरानः गायिका मेलिना राईले शुक्रबार सामाजिक सञ्जालमा गिटारिस्ट सञ्जीव बाइलीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरिन् । राईले बराइलीसँगैको तस्वीर फेसबुकमा पोस्ट गर्दै आफू बराइलीसँग प्रेम सम्बन्धमा रहेको सार्वजनिक गरेकी हुन् ।
उनीहरूको विवाह छिट्टै हुने तयारीमा छ । चर्चित गायिका मेलिना राईले फेसबुकमार्फत सञ्जिव बराइलीसँगको प्रेम सम्बन्ध औपचारिक रुपमा सार्वजनिक गरेकी छन् । पुख्र्यौली घर बिर्तामोड भएका सञ्जीव अहिले काठमाडौंमा बस्दै आएका छन् । कम्मरमाथि पटुकी, पल भरमै खुशी, कर्लीकर्ली कपाल, कुटुमा कुटु जस्ता गीत गाएर चर्चित बनेकी गायिका राई सञ्जीव केही वर्षदेखि प्रेम रहेको र त्यसैलाई विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरुको अन्तरजातीय प्रेम सम्बन्ध विवाहमा परिणत हुँदैछ ।
यो प्रेमजोडीलाई धेरै शुभेच्छुकले खुसीसहित बधाई दिए । कतिपयले त मेलिनालाई ‘क्रान्तिकारी निर्णय’ भन्दै सम्मान व्यक्त गरेका छन् भने धेरैले गाली पनि दिइरहेका छन् । अन्तरजातीय प्रेमलाई स्वीकार नगर्ने जमातले मेलिनामाथि नकारात्मक टिकाटिप्पणी गरिरहेका छन् । २०७९ सालमा तस्वीर सार्वजनिक गर्ने प्रतिबद्धता गरेको जोडीले केहीदिनअघि तस्वीर पनि सार्वजनिक गरेको हो ।

उनले आफूहरु पाँच वर्ष अघिदेखि सम्बन्धमा रहेको र ०७९ सालमा फोटो सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको र यही वर्षभित्रै विवाह गर्ने तयारीमा रहेको बताइन् । ‘हामी यही वर्ष विवाह गर्दछौँ । मिति भने केही समयपछि तय हुनेछ ।’ उनले भनिन् ।
उनले आफूहरुले दुई वर्षअघि नै आफूहरुले इङ्गेजमेन्ट गरेको र ०७९ मा मात्रै तस्वीर सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको बताइन् । उनले कलाकारिता क्षेत्रबाट धेरै सपोर्ट आएको राम्रो प्रतिक्रिया दिएको बताएकी छिन् । उनले आफ्नै समुदायबाट भने नराम्रा प्रतिक्रिया आएकोमा दुःखी भएको बताएकी छिन् । उनले भनेकी छिन्–आफ्नै समुदायमा भने आधाले मन पराउनुभयो, आधाले नराम्रा गाली गर्नुभयो । गालीले भने मन बिझाएको छ ।
उनले जीवनसाथी छनौट गर्ने निर्णय आफ्नो व्यक्तिगत अधिकार भएको समेत बताइन् । ‘मैले आफ्नो जीवन साथीको छनोट गरेको हुँ, जुन मेरो अधिकार हो’, उनले अगाडि भनेकी छिन्, ‘चित्त दुखाउने समुदायका दाजुभाइ, दिदीबहिनीप्रति मेरो भन्नु केही छैन । के माया गर्नु गलत हो र ? यदि निःस्वार्थ माया गरेर मैले गल्ती गरेको भए माफी दिनुहोस् ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP