धराने तीर्थ निरौलाः स्थापित चित्रकार


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ वैशाख ३

ऐतिहासिक शहर धरानमा जन्मे हुर्केका कलाकार तीर्थ निरौलालाई आफू कसरी चित्रकलामा आकर्षित भएँ भन्ने ठ्याक्कै त याद छैन । तर अक्षर चिन्न, कलम समाउन जानेदेखि नै चित्र पनि कोर्न थालेको उनलाई राम्रै याद छ । बाल्यकालमा उनको सबैभन्दा मिल्ने साथी कपी र कलम थिए । उनी चित्र बनाउँथे आफैंले बनाएका चित्रमा भुल्थे । परिवार र विद्यालयका शिक्षक, साथीहरूले राम्रो चित्र बनाउँछौ भनेपछि उनी अझै धेरै चित्र बनाउन थाले ।
उनलाई क्यानभास भनेको के हो थाहा थिएन, ब्रस कता किन्न पाइन्छ, चित्रमा कस्ता रङ्ग प्रयोग गर्छन् भन्ने पनि थाहा थिएन। कला पढ्ने उनको आफ्नै विद्यालय थियो, जहाँ उनी आफैं पढाउँथे, आफैं पढ्थे। त्यसैले पनि उनलाई आफूभित्रको त्यो क्षमता प्रकृतिको उपहारजस्तो लाग्छ ।
उमेरले ४० वर्ष पार गरेका निरौलाले चित्र बनाउन थालेको पनि २–४ वर्ष घटाएर त्यति नै वर्ष भयो । अहिले उनका चित्रको चर्चा नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा हुने गर्छ । उनी नपुगेका ठाउँमा पनि उनका चित्र पुगेका छन् । निरौला एक स्थापित, प्रतिभावान चित्रकार त हुन् नै साथै लेखक, कला समीक्षक र कवि पनि हुन् ।
उनको कला यात्रा, नेपालमा कलाको अवस्था र कलासँग उनको सम्बन्धका बारेमा गरिएको कुराकानी उनकै शब्दमाः
आफ्ना कलाका विषय सन्दर्भबारे

मूलतः म मेरो कलालाई भावपरक वैचारिकता र सुन्दरताको धरातलबाट बुझ्छु, हेर्छु र बनाउँछु । विगतका दिनहरुमा कलाका व्याकरणीय अध्ययन र अभ्यासबाट शुरु भएको मेरो कलायात्राले थुप्रै यथार्थवादी तथा वस्तुवादी बाटो हुँदै, आरोह र अवरोहहरु पार गर्दै अहिलेको यो अवस्थासम्म आइपुगेको हो, जुन आजका मेरा कला र कलाशैली निजी उपजको मौलिक र स्थापित परिणति हो । आज मेरा कलाहरु अर्धअमूर्त शैलीमा सिर्जित हुन्छन् । कलामा हल्का रङ्ग र रेखाको पटाक्षेप हुन्छ । क्यानभासमा रङ्ग र रेखा संयमित (व्यालेन्स) भएर रहेका हुन्छन् । टेक्सचर इफेक्ट (प्रभाव) मेरो कलाको मूल आत्मा हो भने चित्रको विषयवस्तु शरीर हो ।
विगत तीन दशकदेखि मैले मनोक्रोम (व्ल्याक एण्ड वाइट) बेसमा धेरै काम गरे । विन्दु (पोइन्टलिस्टिक) र घातप्रतिधात (रेण्डरिङ) प्रणाली (मेथोड) लाई अपनाउँदै धेरै काम गरे । अनुभव बटुले । कालो र सेतो प्रभावमा नै उचाइ र गहिराइ (एमपिलीच्युड) सम्म पुगे । पछिल्लो चरणमा आफ्नो यही निजी शैलीमा रङ्गको समिश्रण गर्दै जाँदा नौलो प्रभाव र आयामको निर्माण भएको हो । म आफ्ना चित्रमा प्रायः स्पेश डिभिजन, रङ्ग, टेक्चर र विषयवस्तुलाई जोड दिने गर्छु ।
विषयवस्तुका दृष्टिकोणबाट भन्नुपर्दा मेरा चित्रहरु प्रायः विषय र परिस्थिति प्रधान हुन्छन् । चित्रहरुले विविध विषयहरुमध्ये कुनै एक विषयलाई आत्मसात गरेका हुन्छन् । विशेषतः म कलाका विविध विषयहरुलाई विषयवस्तुको रुपमा प्रयुक्त, प्रयोग गर्ने गर्छु । जस्तो गणेश, मानवीय भावना, उत्प्रेरणा, प्रकृति, जल, थल र आकाशका प्राणीहरु र तिनीहरुको प्राकृत मनोदशा तथा धर्म, संस्कृति र मान्यताहरु विषयका रुपमा समेटिन्छन् । विशेषतः म मनमष्तिकबाट उठेका भावनाहरुलाई कलात्मकरुपमा क्यानभासमा पोख्दछु । र सौन्दर्यताको खोजी गर्छु । मेरा चित्रहरु प्रायः अभिव्यञ्जनावाद, भाववाद र प्रयोगवादी हुन्छन् । र दर्शकको बुझाइले छुट्टै मौलिक आनन्द भोग्छन् ।

ललितकला प्रज्ञा प्रतिष्ठानका सन्दर्भमा
सम्पूर्ण कलाक्षेत्रलगायत कलाकारको हित, उत्थान तथा विकासको निम्ति नेपाल सरकारले एकेडेमीको गठन गरेको हो । एकेडेमीको मूर्ततामा विगत र वर्तमानका सम्पूर्ण कलाकार, कला लेखक तथा शुभेक्षकहरुको योगदान खर्च भएको छ । वर्तमान ऐकेडेमीले ती सम्पूर्ण कलाकारको योगदानलाई सम्मान र कदर गर्दै इमान्दारीताका साथ कला उथ्थानका विविध गतिविधीहरु गर्दै जान्छ । र यसले आजका सम्पूर्ण कलाकारहरुलाई आफ्नो कर्मप्रति सजगता र सहजताको वातावरण सिर्जना गर्ने लक्ष्य लिन्छ । यो स्थापना भएर सुधारका सन्दर्भमा कलाकारहरुलाई खासै फरक त पारेन तर पनि हामीसँग पनि सरकारी स्तरको कला निकाय छ भन्ने बाटो चाहि बन्यो ।
एकेडेमी र कला क्षेत्रको समस्या

एउटा एकेडेमीको भरले मात्र कला क्षेत्रका सबै समस्याहरु समाधान हुन्छ भन्ने मलाई लाग्दैन । सीमित सरकारी बजेटले चल्ने एकेडेमीले सबैलाई सन्तुष्ट पार्न सक्दैन । किनकी यस क्षेत्रमा अनगिन्ती समस्या छन । यहाँ कलाकृतिहरुको बिक्रीबिखानको निम्ति भरपर्दो र विश्वसनीय कलाको बजार छैन । कलाकारले आफ्नै बलबुताले यदाकदा कला बेचेको भरलाई बजार छ भन्न मिल्दैन । साथै नेपालमा ग्यालरीहरु नगन्य छन् र भएकाहरुको पनि कहिले बन्द हुने हो ठेगान छैन । कलाकारलाई कला पेशाबाट आर्थिक सुरक्षाको ग्यारेन्टी छैन । कला क्षेत्रमा सरकारको नीति पनि खासै उदारबादी देखिँदैन । अर्कोकुरा एकेडेमीको काम, मात्र चित्र प्रदर्शनी गर्ने वा वर्कसप गर्ने होइन । एकेडेमीको काम त कला बिकासको खाका कोर्ने, सम्पूर्ण नेपाली कला र कलाकारहरुका मर्म र वेदनाहरुलाई वोधगरी अधि बढ्ने, कला अनुसन्धान गर्ने लगायत अन्तर्राष्टिूयक्षेत्रसंग कला समन्वयन गर्ने हो न कि साना ठूला सबै समस्या शिरमा राखी सबै गर्छु भनी हिँड्ने हो । कला विकासका कतिपय कार्यहरु यहाँ जन्मिसकेका र जन्मिँदै गरेका कला संघसस्थाहरुबाट पनि गराउन सकिन्छ । यसको निम्ति एकेडेमी सपोर्ट र प्रोत्साहनको मूली चाहिँ बन्नसक्छ ।
एकेडेमीमा अहिले चलिरहेको पदाधिकारी कार्यकाल पनि लगभग सकिसक्यो । सर्वप्रथमः यो संस्थाले कला अनुसन्धानका कार्यहरुलाई अगाडी बढाउनुपर्छ । अहिलेसम्म जेजति भए, भइरहेका छन् ती कम नै छन् भन्छु म त । र गरिएका र भएका कार्यहरुको पनि स्ट्याण्डर मेन्टेन हुनुपरयो । लेख्नेहरुमा पनि प्रचुर बौद्विकताको अंश हुनुपरयो । कला अनुसन्धानबाट प्राप्त भएका उपलब्धिहरुलाई दस्ताबेजकारुपमा राख्नुपरयो । र नेपाली कला क्षेत्रलाई अन्तराष्ट्रियस्तरमा पुरयाउन छिमेकी मुलुकलगायत पश्चिमा मुलुकहरुसँग सम्बन्ध बिस्तार र पहुँच बढाउने रणनीति अख्तियार गर्नुपरयो । यसका निम्ति विदेशी कलाकार, कला समीक्षकलाई स्वदेश ल्याएर र स्वदेशीलाई विदेश पठाएर कला ट्रेनको आदानप्रदान हुनसक्ने वातावरण बनाउन सकिन्छ । यस किसिमको समन्वयनले नेपाली कलालाई उचाई भर्न मद्दत गर्छ । र हाम्रो कला विकसित देशको विकसित कलाको दाँजोमा कहाँ छ । कुन दुरीमा छ भन्ने कुरा पनि अवगत हुन्छ । निरन्तरको यो प्रक्रियाले हाम्रो समसामयिक कलाको मूल्य, मान्यता, विकास र सोच उनीहरुको जस्तो बन्न सक्छ ।
यो घामझै छर्लङ्ग छ । पछिल्लो चरणको एकेडेमीको स्थापनाकालदेखि नै गठन प्रक्रियामा राजनैतिक पाटी र नेताको भरमजदुर चलखेल भएको छ । मेरो विचारमा कला क्षेत्र स्वच्छ क्षेत्र बन्नुपर्छ । नेता वा पार्टीरहित नितान्त कलाकारहरुको बोलबाला भएको निकाय हुनुपर्छ, जहाँ नेता वा मन्त्रीको होइन कलाकारको मानमर्यादा र सम्मान होस् ।

कला लेखनमा निरन्तरताः
गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, मधुपर्क, गरिमा, लगायत विविध पत्रपत्रिका र खबर पत्रमा तीन दशकदेखि निरन्तर कलामा समीक्षा लेखिरहेको ।
चित्रकला सङ्ग्रह
नेपाल, भारत, जर्मनी, अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, नेदरलैण्ड आदी देशहरुमा व्यक्तिगत सङ्ग्रह कर्ताहरूद्वारा तथा म्युजियम र ग्यालरीहरूमा सङ्ग्रहित ।
कलाबारे
पेन्टिङमा कलाकारले आफ्नै स्टाइल पनि डेभलप गर्न सक्छ । वरिष्ठ कलाकार शशीविक्रम शाहको आफ्नै स्टाइल छ । उहाँ आफ्नो स्टाइलमा घोडा मात्रै बनाउनुहुन्छ । मनोजबाबु मिश्रले आफ्नै स्टाइलमा काम गर्नुभयो । मेरो पनि आफ्नै स्टाइल छ ।
एउटा कलाकारको आफ्नै स्टाइल हुन जरुरी पनि छ । मेरो काम मेरो नाम नलिइकन मेरो काम भन्ने बुझिनु परयो । जस्तो पिकासो भनेपछि थर्ड डाइमेन्सन । उनका पेन्टिङ देखेपछि उनको नाम नै नलेखेको भए पनि थाहा पाइहालिन्छ । भेनगगको काम देखेपछि थाहा भइहाल्छ भेनगगले गरेको भन्ने ।
प्राकृतिक रुपमा जोडिएको कुरा जुन छुट्टिनै सक्दैन मेरो रङ्ग, ब्रस, क्यानभासहरूसँगको सम्बन्ध पनि त्यस्तै छ जस्तो लाग्छ अहिले आएर सोच्दा । अब म योबाट छुट्टिन्छु, टाढिन्छु भनेर सोच्नै सक्दिनँ । यो असम्भव कुरा हो। यो मेरो आत्मालाई सन्तुष्टि दिने कुरा हो । अझ आत्मा नै हो भन्दा पनि फरक पर्दैन ।
प्रोफेसन अरु बन्न सक्ला तर पेन्टिङलाई मबाट अलग राखेर सोच्न सक्दिनँ । ब्रसबिना मेरा हात अधूरा छन्, पेन्टिङबिना म अधूरो छु, अपूरो छु ।

चित्र सिर्जना तथा कला लेखनः
सानै उमेरदेखि कलामा संलग्न भई विभिन्न किसिमले नेपाली कलाकारिताको विकास, विस्तार तथा उत्थानका निम्ति २०४० सालदेखि नै सार्वजनिक रूपमा कलाको क्षेत्रमा निरन्तर सक्रिय भूमिका खेल्दै, विशिष्ट योगदान दिँदै आएका उनी गुरु वरिष्ठ कलाकारहरु स्व.लैनसींह बाङ्देल, शशीविक्रम शाह र स्व.मनोहरमान पुनको क्षत्रछायामा सिर्जनशील बने ।
प्रकाशित कृतिः
‘कला–जागरण’ नामक कला निबन्धसङ्ग्रह पुस्तक २०७० सालमा प्रकाशित । पुस्तकको विषयवस्तु कलाको विकाशमा केन्द्रित रहेको छ । प्रकाशकः नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, काठमाडौं, नेपाल ।
कलाक्षेत्रमा प्राप्त भएको पुरस्कार तथा सम्मानहरू
पुरस्कारहरूः
(क) राष्ट्रिय ललितकला लेखन पुरस्कार (२०७१, काठमाडौ, नगद तथा ताम्रपत्र(सम्माननीय प्र. म. श्री शुशिल कोइरालाज्यूको वाहुलीबाट ।
(ख) राष्ट्रिय अवार्ड, अरनिको युवा कला पुरस्कार तथा सम्मान २०६२, काठमाडौं, नगद तथा ताम्रपत्र ।
(घ) विशेष अवार्ड पुरस्कार २०६२, ने.रा.प्र.प्र. नेपाल ललित कला संस्थान (नाफा) काठमाडौंबाट ।
(ख) धरान साहित्यिक महोत्सव समारोह सम्मान २०७१, कलाक्षेत्रमा योगदान पुरयाए वापत प्राप्त ।
(ग) धरान सम्मान २०६७ कलाको क्षेत्रमा योगदान पु¥याए वापत धरान उप महानगरपालिकाद्वारा विशेष सम्मान ।
(च) उत्कृष्ट पुरस्कार वि.संं.२०५२ शिल्प विकाव तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजना ।
(छ) दोस्रो पुरस्कार वि.सं. २०४४, रेयुकाइद्वारा आयोजित पोष्टर प्रतियोगितामा पुरस्कृत ।
(ज) द आर्ट एण्ड इन्टरडिपेन्टडेन्स अवार्ड २०१६, अमेरिका ।
(झ) २०१७ एडुकेटर अवार्ड, अमेरिका ।
(झ) यस्तै राष्ट्रिय अन्तराष्ट्रिय सानाठूला थुप्रै पुरस्कार तथा सम्मानहरू ।

अन्य सम्मान तथा प्रमाणपत्रहरूः
(क) आरोहण नाट्यसमूह काठमाडौंद्वारा आयोजित दोश्रो राष्ट्रिय नाट्य मेलामा सहभागिता जनाएबापत सम्मान ।
(ख) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा कलामा निर्णायकको भूमिका निभाएबापत सम्मान ।
(ग) जनआन्दोलन ०६२–६३ मा कलाका माध्यमबाट घाईते तथा सहिदका परिवारलाई सहयोग गरेबापत सम्मान ।
(ध) कोशीपीडितलाई सहयोग गरेवापत सम्मान तथा प्रमाणपत्र प्राप्त ।
(ङ) आत्मनिर्भरको लागि कार्य समूह डाँडाबजार धनकुटामा चित्रकला तालिम दिएबापत सम्मान तथा प्रमाणपत्र
(च) हात्तीसार कलेज धरानमा जजको भूमिका निभाए बापत सम्मान तथा प्रमाणपत्र ।
(छ) जनआन्दोलनमा सहित परिवारको सहयोगार्थ कला सिर्जना गरेबापत प्रमाणपत्र प्राप्त ।
(ज) ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालद्वारा आयोजित कला सिर्जनामा सहभागी भएबापत प्रमाणपत्र पत्र प्राप्त ।
(झ) राष्ट्रिय कला प्रदर्शनीमा नियमित रूपमा सहभागी भएबापत प्रमाणपत्र प्राप्त ।
(ञ) शैक्षिक संस्थाहरूमा नियमित रूपमा कला प्रतियोगीता गराएबापत प्रमाणपत्रहरू प्राप्त ।
–यस्तै अन्य धेरै सानाठूला पुरस्कार लगायत विभिन्न कार्य गरेबापत प्रमाणपत्रहरू प्राप्त गर्दै आएको ।
–एक व्यक्ति कला प्रर्दशनी, दशौं पटक एकल र दर्जनौं पटक सामुहिक कला प्रदर्शनी नेपाल र नेपाल बाहिर, सन् १९८९ मा स्ट्रीट ‘चित्रकला प्रदर्शनी’ धरानमा, सन् १९९० मा ‘चित्रकला प्रदर्शनी’ (साहित्यकार पारिजात र गणेशमान सिंहको प्रमुख आतिथ्यमा) गरिएको । स्थानः गोयथे इन्टिच्युट, काठमाडांैमा ।
–सन् १९९१ मा ‘तीर्थज् कलरफुल एक्सप्रेशन’ नामक कला प्रदर्शनी (वरिष्ठ कलाकार उत्तम नेपालीद्वारा उद्घाटित), आर. एन. ए. सि. विल्डिङ्ग, काठमाडौं, तत्कालिन भारतीय सांस्कृतिक केन्द्रमा गरिएको ।
–सन् १९९२ मा ‘चित्र प्रदर्शनी’ (पूर्व प्रधानमन्त्री तथा तात्कालिन नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईद्वारा उद्घाटन), स्थानः सिद्धार्थ आर्ट ग्यालरी, काठमाडौं ।
–सन् १९९३ मा ‘चित्र प्रदर्शनी’ (जि. बि. स. सभापती रामबहादुर वस्नेतद्वारा उद्धाटन), मोति भवन धरान ।
–सन् १९९४ मा ‘तीर्थज फ्लास अफ मोनोक्रोम’ नामक प्रदर्शनी जे. आर्ट ग्यालरी, दरवारमार्गमा गरेको ।
–सन् २००५ मा ‘चित्र प्रदर्शनी’ जे. आर्ट ग्यालरी, काठमाडौंमा गरेको ।
–सन् २००६ मे. मा ‘चित्र प्रदर्शनी’ सोल, कोरियामा गरेको ।
–सन् २००६ मा दोस्रो जनआन्दोलनको सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्दै धरान बजारको भानुचौक र छाताचौकमा प्रतिस्थापन कला प्रदर्शनी गरेको । यस्तै अन्य ।
–सन् २००१ मा रिडिङ एरिया गलष्तभम पष्लनमयm युकेमा एकल कला प्रदर्शनी ।
–सन् २०२० एक व्यक्ति अनलाईन भर्चुअल कला प्रदर्शनी शिर्षकः आइसोलेसन, आयोजक क्लासिक ग्यालरी सामूहिक कला प्रदर्शनी ।
–सन् १९८७ मा चित्रकला प्रदर्शनी मोति स्मृति भवन धरान नगरपालिकाको हाता भित्र अवस्थित ।
–सन् १९८८ मा चित्रकला प्रदर्शनी महेन्द्र बहुमुखी क्याम्पस, धरानमा ।
–सन् १९८६ देखि २०१३ सम्म राष्टिूय कला प्रदर्शनी, नाफा आर्ट ग्यालरी, काठमाडौंमा ।
–सन् १९९१ मा ‘एक्स मास कलेक्सन’ शीर्षक चित्र प्रदर्शनी, सिर्जना आर्ट ग्यालरी काठमाडौंमा ।
–सन् १९९२ मा चित्रकला प्रदर्शनी, जापानमा ।
–सन् १९९५ मा चित्रकला प्रदर्शनी, नारी शिल्पकला विकास केन्द्र र ध.न.पा. को आयोजना, धरानमा ।
–सन् १९९९ मा चित्रकला प्रदर्शनी, काठमाडौं र धरानका चित्रकारहरुको संयुक्त आयोजना, धरानमा ।
–सन् २००० मा नेपालकै लामो रोड क्यानभासमा वर्कसप तथा चित्र प्रदर्शनी, धरानमा ।
–सन् २००० मा चित्रकला प्रदर्शनी, लैनसिंह वाङ्देल अभिनन्दन समारोहका अवसरमा धनकुटामा ।
–सन् २००० मा चित्रकला प्रदर्शनी, नाफा आर्ट ग्यालरी, काठमाडौंमा ।
–सन् २००२ मा चित्रकला प्रदर्शनी, आर्ट क्याम्पस रिडिङ एरिया, यु. के.मा ।
–सन् २००३ मा चित्रकला प्रदर्शनी, विश्वेश्वर प्रसाद कोईराला हेल्थ साईन्सेज घोपा धरानमा ।
–सन् २००४ मा चित्रकला प्रदर्शनी मोति स्मृति भवन धरानमा ।
–सन् २००४ मा विश्वेश्वर प्रसाद कोईरालाको उत्सव समारोहमा द्यएप्क्ष्ज्क् मा चित्र प्रदर्शनी, धरानमा ।
–सन् २००५ मा कला प्रदर्शनी पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौं ।
–सन् २००६ मा गोगंबु, काठमाडौंको कार्यशालामा बनाएको चित्र प्रदर्शनी नाफामा ।
–सन् २००६ मा कलाकार समाजको कार्यशालामा बनाएको चित्र प्रदर्शनी, नाफामा ।
–सन् २००६ मा भक्तपुर, पोखरा र धरानका कलाकारहरूको वर्कसपमा बनाएको चित्रकला प्रदर्शनी, आर्ट काउन्सिल, काठमाडौंमा ।
–सन २००६ मा आर्ट काउन्सिलमा धराने कलाकारको सामुहिक कला प्रदर्शनीमा सहभागी भएको ।
–सन् २००७ क्ष्लतभचलबतष्यलब िःयतजभच बिलनगभ मबथ अन्तर्राष्टिूय मातृभाषाका अवसरमा अन्तर्राष्टिूय स्तरको कला प्रदर्शनीमा सहभागी, आयोजकः आर्ट काउन्सिल, एम्बेसी अफ बङ्गगलादेश र बुरी गङ्गा आर्ट एण्ड क्राफ्ट बङ्गलादेश ।
–सन् २००७ मा सर्वनाम नाट्य समूहको नाटकमा आधारित चित्रकला कार्यशाला र प्रदर्शनीमा सहभागी, प्रदर्शनी स्थानः आर्ट काउन्सिल काठमाडौं ।
–सन् २००८ मा चित्रकला प्रदर्शनी, नाफा ग्यालरी, काठमाडौंमा ।
–सन् २००९ मा चित्रकला प्रदर्शनी, नाफा ग्यालरी, काठमाडौंमा । यस्तै अन्य सामुहिक कला प्रदर्शनीमा सहभागी ।
–सन् २००९ देखि हालसम्म विविध राष्टिूय र अन्तराष्ट्रियस्तरका कला कार्यशाला र प्रदर्शनीमा सहभागी ।
–विभिन्न समय र अवस्थामा काठमाडौमा अवस्थित रहेको मिथिल कला ग्यालरी, पार्क ग्यालरी, सिद्धार्थ ग्यालरी र पोखरामा अवस्थित भएका कला ग्यालरीहरुमा भएका कलाकार्यशाला र प्रदर्शनीमा सहभागिता जनाउदै आएको । यस्तै थुप्रै राष्ट्रिय र अन्तराष्ट्रिय सामूहिक रहँदै कार्य गर्दै आएको ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP