धरानको के के स्कुलमा अब रोबर्ट बनाउन सिकाइने

उपमेयर मञ्जु भण्डारीद्वारा रोबोटिक ल्याब उद्घाटन, विद्यार्थी बनाएको रोबर्टले नै काट्यो रिवन, विद्यार्थीले दुईजनासम्म बोक्न सक्ने ड्रोन बनाउने (भिडियो समाचारसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ चैत २९

धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलमा रोबोटिक्स ल्याबको उद्घाटन भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले सो ल्याबको उद्घाटन गरेकी छिन् । उनले विद्यार्थीले बनाएको रोबर्टको बटम अन गरेपछि ढोकामा गएर रोबर्टले नै रिवन काटेर ल्याबको उद्घाटन भएको थियो ।
ल्याब स्थापना भएसँगै अब विद्यार्थीले आफैं रोबर्ट बनाउन सिक्ने र स्कुलले सिकाइने डाइरेक्टर प्रविन अग्रवालले जानकारी दिए । ‘विद्यार्थीकै सहजताका लागि ल्याब स्थापना गरेका हौं’, उनले भने, ‘विद्यार्थीलाई रोबर्ट कसरी बनाउन सकिन्छ, रोबर्टलाई कोर्ड गर्न, प्रोग्राम गर्न सहज हुनेछ ।’
विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर बाहिरी ज्ञान प्रदान गर्ने उद्देश्यले ल्याब स्थापना गरिएको उनले जानकारी दिए । यस्तै, विद्यार्थीमा पनि विज्ञान तथा प्रविधि क्षेत्रमा सिर्जनात्मक क्षमता विकास गर्ने लक्ष्यसहित रोबोटिक ल्याब स्थापना गरेको उनले बताए । ‘विज्ञान तथा प्रविधिका विषयवस्तुहरु विद्यार्थीलाई अध्ययन गर्न, गराउँदा विद्यार्थीमा सैद्धान्तिक ज्ञानका साथै रमाइलो गर्दै व्यवहारिक ज्ञान समेत उपलब्ध गराउने लक्ष्यसहित स्कुलले रोबोटिक ल्याबको स्थापना गरेको हो,’ उनले भने, ‘यसले विज्ञान विषय सरलतासाथ सिकाउने माध्यम बन्ने हामीले अपेक्षा गरेका छौं ।’
रिसर्चले भन्छ- १० वर्षपछि आर्टिफिसियल इन्टेलीजेन्सको आवश्यकता छ । अब धेरै कुरा अनि काम रोबर्टकै माध्यमबाट हुन्छ । त्यही भएर भविष्यको आवश्यकताका लागि आजैदेखि बालबालिकालाई तयारीमा अवस्थामा रहन सजिलो होस् भनेर रोबर्ट बनाउन सिकाउन थालिएको प्रिन्सिपल डा. क्लेरेन्स पिटरले जानकारी दिए ।
‘यो रोबोटिक्स प्रयोगशालाले हाम्रा विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा भविष्यको लागि तयार मात्र बनाउँदैन अझ २१ औं शताब्दीका सीपहरू जस्तै महत्वपूर्ण सोच, रचनात्मकता, सहकार्य र सञ्चारलाई उपयुक्त बनाउने उनीहरूको सिकाइ क्षमतालाई सुधार गर्न गइरहेको छ । म कामना गर्दछु कि यो प्रयोगशालाले ‘के के टियन्स’ मात्र होइन धरानका सबै विद्यार्थीहरूलाई ‘स्टिम’ शिक्षाको लागि एक्सपोजरको अवसर प्रदान गरोस् जसले गर्दा उनीहरूले यस विषयमा बलियो जग राख्नेछन् र अन्ततः उनीहरूलाई त्यो क्षेत्रमा सफल भविष्यतर्फ डोहोरयाउनेछन् ।’ उनले भने ।
कार्यक्रममा निर्देशक अशोक अग्रवाल, रोबोटिक्स प्रयोगशाला संयोजक अनिश ताम्राकार, अनिष श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरुले आफूले कक्षाकोठामा अध्ययन गरेका विज्ञान तथा प्रविधिका विषयवस्तुहरुलाई ब्यवहारिक रुपमा उतारेर परियोजनामार्फत् प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले चारवटा प्रोजेक्ट पनि सार्वजनिक गरेका थिए ।
कक्षा– ९ का आयुष भगतले कुनै अवरुद्ध बाटोमा आउँदा कारले बाटो चेञ्ज गरी दुर्घटनाबाट जोगाउने प्रविधि बनाएका थिए । कारले अवरोधबाट आफ्नो दूरी निर्धारण गर्न अल्ट्रासोनिक साउन्ड सेन्सर प्रयोग गर्दछ र ती अवरोधहरूलाई त्यसतर्फ नभई अर्को दिशामा स्टेयरिङ गरेर व्यवस्था गर्छ ।
यस्तै, आरएफआइडीमा आधारित पहुँच नियन्त्रण प्रोजक्ट जुन प्रोजेक्ट कक्षा–९ कै क्रिस खड्काले तयार गरेका थिए । यो प्रोजेक्ट रिडर मोड्युल र अरडुउइनो प्रयोग गर्दछ । यो परियोजनाले केवल आधिकारिक आरएफआइडी कार्ड भएका प्रयोगकर्ताहरूलाई ढोकाबाट प्रवेश गर्न अनुमति दिन्छ ।
कक्षा–९ मै अध्ययनरत् प्रविन लिम्बूले ब्लुटुथ नियन्त्रित कारको प्रोजेक्ट तयार पारेका थिए । यो परियोजना टाढाबाट नियन्त्रित कारसँग सम्बन्धित छ । यसले कार र नियन्त्रक बीचको इन्टरफेस गर्न ब्लुटुथ प्रयोग गर्दछ । यस्तै, चौथो प्रोजेक्ट ड्रोन निर्माण गरिएको थियो । कक्षा–९ का सिसाङ चौधरीले सो ड्रोन बनाएका थिए । उनले अहिले सानो नमूना ड्रोन बनाएको र भोलिका दिनमा ठूलो ड्रोन बनाउने लक्ष्य राखेको बताए । प्रिन्सिपल पिटरका अनुसार सो ड्रोनले एकदेखि दुई व्यक्ति बोक्न सक्ने, खेतीमा प्रयोग गर्न सकिने क्षमता राख्छ ।
अध्यक्ष अग्रवालले कक्षा–१ देखि कम्प्युटरमा प्रोगामिङ, कक्षा १ देखि माथिका विद्यार्थीहरूलाई अनिवार्यरूपमा पढाउने विद्यालयको योजनाको बारेमा विस्तृत जानकारी दिएका थिए । स्कुलले धरानका विद्यार्थीका लागि १० दिनका लागि निःशुल्क रोबोटिक्स कक्षाको सुविधा खुल्ला गर्ने योजना बनाएको उनले जानकारी दिए । ‘यस्तो महान कार्यमा हाम्रो अधिकतम सहभागिता होस् भनेर १० दिने निःशुल्क ‘रोबोटिक्स समर क्याम्प’ आयोजना गरेका छौं, यसका लागि सबैले सहयोग गरिदिन अनुरोध गर्दछु ।’ उनले भने ।
यस्तै, स्कुलले आयोजना गरेको कोडिङ कम्पिटिसनमा प्रथम हुनेलाई प्रमाणपत्र वितरण गरिएको थियो । कक्षा–३ की तनिस शाह, कक्षा–७ का अन्सुल अग्रवाल क्रमशः जुनियर र सिनियर कार्यक्रमको वर्ष विद्यार्थी घोषित भए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP