धराने विद्यार्थी मुस्ताङको सुन्दरतासँग ‘एक्साइटेड’

(मुस्ताङका अधिकांश स्थान र मुक्तिनाथ मन्दिरको यात्रासम्मको ६५ तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ चैत २०

धरानः ‘आहा साँच्चै राम्रो ठाउँ मुस्ताङ, नेपाल साँच्चै रमाइलो र सुन्दर छ साथै नेपाललाई प्रकृतिले धेरै साथ दिएको छ भन्ने आभाष पनि भइरहेको छ’, धरान–१६ स्थित युएन, नवोदय कलेजको कक्षा–१२ को होटल म्यानेजमेण्ट अध्ययनरत् छात्रा प्रकृति तामाङले भनिन् ।
उनीमात्रै होइन कलेजबाट भ्रमणमा पुगेका विद्यार्थीलाई हिमालपारीको जिल्ला मुस्ताङको सुन्दरताले मन्त्रमुग्ध बनायो । मार्फा, जोमसोङ, कागबेनी, मुक्तिनाथ मन्दिरलगायतको सौन्दर्यमा विद्यार्थी रमाए ।
विद्यार्थीहरु पोखरा, बेनी, तातोपानी, लेते, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्मको यात्राले हिमाल पारीका जिल्ला मनाङ्ग र मुस्ताङ्ग क्षेत्रको भ्रमण गरेका थिए ।
होटल म्यानेजमेण्ट पढ्ने विद्यार्थीको विषय नै यस्तै भएको हुनाले पढाइमा मात्र नभई समग्र सामाजिक अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यका साथ विद्यालयले विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लगिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘विद्यार्थीले पढ्ने विषय नै पर्यटनसँग सम्बन्धित नै हो, भ्रमण फलदायी भएको छ’, उनले भने, ‘विद्यार्थी एक्साइटेड त भएन नै आफैले देखेर, बुझेर लिएको ज्ञान अविस्मरणीय भएको छ, जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभव अरुसँग बाँड्दा पनि छुट्टै आनन्द आउँछ, विद्यार्थीले भ्रमणलाई भ्रमणमा मात्रै सीमित नराखी यसलाई उपलब्धिमूलक बनाउन लाग्नुपर्छ ।’
विद्यार्थी मुस्ताङ पुगेको समयमै आन्तरिक र भारतदेखि समेत पर्यटकहरुको लर्को लागेको थियो । अझ भन्ने हो मुक्तिनाथमा पर्यटकको ओइरो लागेको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

यसैबीच विद्यार्थीले पोखरास्थित पाँचतारे होटल पोखरा ग्राण्डको अवलोकन गरेका छन् । होटल म्यानेजमेण्ट पढ्ने विद्यार्थीहरुले होटल अवलोकन गरेका हुन् । उनीहरुले त्यहाँ पाँचतारे होटलको व्यवस्थापन, हस्पिटालिटी, होटल चल्ने सिष्टम, पाँचतारे होटलमा लिइने शुल्क, होटल म्यानेजमेन्ट विषयको फ्रन्ट अफिस, हाउस किपिङ, फुड एण्ड वेभरेज र फुड प्रोडक्सन सर्भिसको प्रयोगात्मक सिकाइ आदिबारे महत्वपूर्ण ज्ञान लिएर फर्किएका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP