
सोलुखुम्बुः सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका १ बुम्रेका ४५ वर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
वाङदी शेर्पाले गत राति पौने १२ बजे सोही स्थानका ५२ वर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटी गई वाङदी शेर्पालाई नियन्त्रणमा लिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।