
धरानः धरानको वडास्तरीय चर्चित खेल गोधुली रनिङ कपको उपाधि धरान–१६ ले जितेको छ ।
धरान–१६ स्थित रङ्गशालामा आइतबार साँझ सम्पन्न २२ औं गोधुली रनिङकप फुटबल प्रतियोगिता २०७८ को उपाधि को उपाधि वडा नं १६ च्याम्पियन भएको छ । धरान–१३ र १६ बीच भएको प्रतिस्पर्धात्मक खेल ट्राइब्रेकरमा धकेलिएको थियो । तोकिएको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै वडा नं १६ च्यान्पियन बन्न सफल भएको हो । धरान–१६ बाट सरोज लकान्द्री गोल चुकेका थिए भने १६ बाटै मनिष बस्नेत, खुशीमान लिम्बू, शैलैन्द्र नेपाल र प्रविण भुजेलले गोल गर्न सफल भएका थिए ।
यस्तै, वडा नं १३ का निश्चल श्रेष्ठ, दोर्जे तामाङ र मन्दिप राई मात्र गोल गरे भने मिलन लिम्बू र अशोक कटुवाल गोल गर्न सकेनन् । १६ ले नगद १ लाख ५० हजार रुपैयाँ र ट्रफी हात पारयो भने उपविजेता वडा १३ ले नगद ७५ हजार पारयो । साथै, विजेता र उपविजेता दुवै टोलीलाई वडा नं १८ का वडाअध्यक्ष प्रविण राईले २५–२५ हजार प्रदान गरेका थिए ।
खेलको म्यान अफ दि म्याच वडा १६ का मनिष बस्नेत घोषित भए । उनले नगद ५ हजार ५ सय हात पारेका छन् । यस्तै, खेल अवधिभरको सर्वोत्कृष्ट खेलाडी वडा नं १६ का जलन तुम्बापो लिम्बू घोषित भए । उनले नगद १५ हजार र ट्रफी हात पारे ।
प्रतियागितामा उत्कृष्ट स्ट्राइकर १३ का मिलन लिम्बू, उत्कृष्ट कोच वडा १६ का दिवस मगर, खुशीमान लिम्बू र उत्कृष्ट मिडफिल्ड विवेक राई घोषित भए । प्रतियोगिता अवधिभर सबैभन्दा बढी ७ गोल गर्ने १६ का खेलाडी सरोज लकान्द्रीले हाइस्कोर बन्दै नगद ७ हजार ५ सय पाए । बिजेता खेलाडीलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज