जलवायु परिवर्तनः प्रजातिहरु लोप हुँदै


  • निनाम लोवात्ती कुलुङ
  • २०७८ माघ २

यो लेखमा पृथ्वीमा रहेका मानव प्रजातिबाहेकका अन्य प्रजातिहरु किन कसरी लोप हुँदैछन् ? हालै आएको एक अध्ययन प्रतिवेदनलाई उद्घृत गर्दै एक अनलाइने छापेको समाचारअनुसार निकट भविश्यमै विश्वका लगभग २८५ प्रजातिका उभयचर, जलचर, घस्रिने जन्तु तथा गैडा, हात्ती, बाघ, भालु लगायत जीवजन्तुहरु चाँडै लोप हुने सूचीमा रहेका छन् । यसको मुख्य कारणको रुपमा हाल विश्वभरि नै तीब्र गतिमा भइरहेको जलवायु परिवर्तनको असरलाई मानिएको छ ।
समाचारमा उल्लेख भएअनुसार साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले आफ्नो अध्ययन प्रतिवेदनको सार संक्षेपको निचोडलाई भनाइको रुपमा राख्दै एएफपीसँग भनेका छन्, ‘रेड लिस्ट’ मूल्याङ्कनका लागि अध्ययन गरिएअनुसार सम्पूर्ण प्रजाति, समूहहरुको संरक्षण स्थिति खस्किँदै गएको छ । तिनीहरुको लोप हुने खतरा भयावह ढङ्गले बढिरहेको छ ।’
अध्ययन प्रतिवेदनअनुसार १२ सय प्रजातिहरु त सार्क, डल्फिनलगायत जलचर प्रजाति रहेका छन् । तीमध्ये पनि ३७ प्रतिशत जलचरहरु कडा हाड भएकाहरु लोप हुने खतरामा रहेका छन् । स्मरणीय के छ भने, यो तथ्याङ्क विगतमा (सात वर्षअघि) गरिएको यस्तै अध्ययनको तुलनामा एक तिहाईले भन्दा पन बढी हो । यसरी पृथ्वीमा रहेका विभिन्न प्रजातिहरु लोप हुनुमा वास स्थानको अभाव, अवैद्य चोरी शिकार आदि भएतापनि प्रमुख कारण भने पछिल्लोपटक तीब्र गतिमा बढेको जलवायु परिवर्तनको असर नै हो भन्ने भनाइ विषय विज्ञहरुको रहेको देखिन्छ ।
जलवायु परिवर्तन र यसको असरका बारेमा कुरो गर्दा निकट भविश्यमै जलवायु परिवर्तनकै कारण एकएक गरेर हिमाली भेगमा रहेका हिमनदीहरुको पनि अन्त्य हुँदैछ भन्ने अर्को एक अध्ययन प्रतिवेदन पनि केही समयअघि सार्वजनिक भएको थियो । यो कुरो त्यस्तै, उस्तै मान्छेहरुले पत्याउने कुरो नै होइन । तर, जोे विषय विज्ञ हो, उसले त नपत्याउने कुरै भएन । त्यसैले त जलवायु परिवर्तनसँगसम्बन्धी विषय विज्ञहरुले विगत लामो समयदेखि नै पछिल्लो केही समयदेखि विश्वमा तीब्र गतिमा पैmलिएको जलवायु परिर्वतनको असरका कारणले सुरुमा हिमनदी पग्लने र विस्तारै हिम नदी सुक्ने अनि हिमताल पनि फुट्ने र सुक्ने एवम् प्रकारले हिमालमा रहेका सेता हिउँ पनि पग्लेर नाङ्गो डाँडो (काला पहाड, भीर) मा परिणत हुने अनुमान गरेका छन् ।
यसरी विश्वमा तीब्र गतिमा पैmलिएको जलवायु परिर्वतनको असरका कारणले हिमनदी पग्लने र विस्तारै हिम नदी सुक्ने, हिमताल पनि फुटने र सुक्ने एवम् प्रकारले हिमालमा रहेका सेता हिऊँ पनि पग्लेर नाङ्गो डाँडो (काला पहाड, भीर) मा परिणत हुने क्रमलाई रोक्न वा कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद्लगायत जलवायु परिवर्तनका बारेमा चिन्ता व्यक्त गर्नेहरुले जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्याँस उत्पादनमा कटौती गर्नुपर्ने भन्ने सम्बन्धमा धेरै पहिलेदेखि आवाज उठाउँदै आएका छन् ।

त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने स्वच्छ हावाको कमी, वातावरण विनास, बेमौसमा बढ्ने गर्मी र बेमौसमा हुने जाडो, बिना सिजनमा पर्ने पानी, मुसलधारे वर्षा, हिउँद याममा पनि अचानक आउने बाढी, पहिरोले गर्दा हिमाल भन्दा तल वस्ती रहेका मानिसहरुले अचानक र बेमौमा व्यहोर्नुपर्ने प्राकृतिक विपत्तिहरु सहनु परेको छ । यसरी हिमनदी पग्लने क्रमले गर्दा हिमाली र पहाडी क्षेत्र (खासगरी नदी आसपास) मा बसोबास गर्ने मानिसहरुमा पार्ने दीर्घकालीन असरका साथै भविश्यमा कञ्चन, सफा, निर्मल र स्वच्छ पानी खाने (पिउने) को मुहान नै सुक्ने वा अन्त्य हुने सम्भावना रहेको देखिन्छ ।
त्यसैले त होला, विषय विज्ञहरु यस्ता बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने ? र यसका रोकथामका लागि कसरी काम गर्ने ? भन्ने विषयमा गम्भीर भएर बहस र छलफल गरिरहेका छन् । तरपनि हालसम्म मतैक्य भने हुन सकेको देखिँदैन । त्यसो त जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्याँस उत्पादनमा विश्वका ठूला (विकसित र औद्योगिक देशहरु) जस्तो कि अमेरिका, रुस, चीन, अष्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, ब्राजिल, इटाली, भारत, दक्षिण अफ्रिका, टर्की, भियतनाम, मलेसिया आदि देशहरु नै मुख्य हुन् । तर, उनीहरुबीच जलवायु परिवर्तन सम्बन्धी कस्तो नीति अपनाउने ?, कस्तो मापदण्ड बनाउने ? भन्ने सम्बन्धमा एक मत नभएकोले धेरै पछिसम्म यसबारेमा गलफत्ती भई रह्यो, अभैmपनि सो सम्बन्धमा गलफत्ती भइरहेकै अवस्था हो ।
तर, पछिल्लो समय विश्वका उदाउँदो अर्थतन्त्र भनी चिनिएका देशहरु जस्तै चीन, भारत, ब्राजिल, टर्की, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया आदि देशले चाहिँ आफूहरु भर्खरै मात्रै उद्योगधन्दा र कलकारखाना चलाउने देशमा दरिएको हुनाले गर्दा र, विकसित देशहरु अमेरिका, रुस, चीन, अष्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, इटलीले भन्दा कमै मात्र ‘हरित गृह ग्यास उत्पादन गर्ने हुँदा’ सजाय, मापदण्ड वा … पनि कमै हुनुपर्ने भन्ने जिरह वा आग्रह रहने गरेको भन्ने भनाइ सुनिन्छ ।
जे भएतापनि अहिलेको अवस्थामा आइपुग्दा विकसित तथा औद्योगिक देशहरुले मात्रै विश्वको ३२–३३ देखि ३६–३७ प्रतिशत पानी र अधिकांश प्राकृतिक सोत साधनहरु दोहन गर्दै आएका छन् भन्ने विज्ञहरुको लेखाजोखा रहेको छ । त्यस्तै यी औेद्योगिक देशहरुले मात्रै विश्वको झण्डै ८१–८२ प्रतिशत वायु प्रदुषणजन्य ग्याँस, धुवाँ, फोहरलगायत जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने खालका फोहोरजन्य पदार्थ उत्पादन गर्दै आएका छन् । त्यसको प्रत्यक्ष असरचाहिँ नेपाललगायत कम विकसित तथा अल्पविकसित देशहरुले धेरै नै भोग्नुपरेको तीतो सत्यको रुपमा रहेको छ ।
हुन त हालै आएको एक समाचारअनुसार विश्वका प्रायः सबै हिमनदीहरु तीब्र गतिमा पग्लिन थालेका छन् । त्यसमा पनि हिमालय क्षेत्रको चीनको स्वशासित क्षेत्र तिब्बतको पठार क्षेत्रको चिङ(घाई आसपासमा बढी नै तीब्र गतिमा हिमनदी पग्लेको देखिएको भन्ने छ । केही समयअघि एक अनलाइन संस्कणमा संयुक्त राज्य अमेरिकाको ‘टेक्सास ए एन्ड एम विश्वविद्यालय’का अनुसन्धानकर्मीहरुलाई उद्धृत गर्दै लेखेको फिचर लेखमा जनाइएअनुसार अनुमान गरेभन्दा धेरै छिटो हिमनदीहरु पग्लने क्रम बढेको छ । यसरी अनुमान गरेभन्दा छिटो र तीब्र गतिमा हिमनदी पग्लने क्रम बढ्नुमा ‘पोजिटिभ आइस–लस फिडब्याक’ भन्ने वैज्ञानिक प्रक्रिया वा भनौं सिद्धन्तअनुसार हिमनदी पग्लने क्रmम बढेको हो भन्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुको भनाइ रहेको छ ।
के पनि भनिन्छ भने, जलवायु परिवर्तनका सम्बन्धमा विकसित देशहरुको अटेरीपन र दादागिरी कायमै रहेमा अबको ५० वर्षमा अरु कुरोहरुका साथै सफा, कञ्चन, स्वच्छ र शुद्ध खाने (जल, पिउने पानी ) पानीको सङ्कट, घरबास सङ्कटका साथै खाद्यान सङ्कटको पनि ठूलो समस्या आइपर्ने पक्का छ ।
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP