झापाका जेनिस उप्रेती बने ‘द भ्वाइस किड्स’


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ माघ २

धरानः लाेकप्रिय बाल गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ को उपाधी जेनिश उप्रेतीले हात पारेका छन् ।
चार कोचका आठ प्रतियोगीमध्ये सर्वाधिक भोट पाएर जेनिश उप्रेती पहिलो भ्वाइस किड्स नेपाल भएका हुन् । विजेताले नगद १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनलमा पुगेका ८ प्रतियोगीले गएराति आफ्नो अन्तिम प्रस्तुति दिएका थिए । आठजना प्रतियोगीमध्येबाट दर्शकबाट प्राप्त मतका आधारमा बिजेता घोषणा गरिएका हुन् ।
टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बू र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए । ६ देखि १४ वर्षका बच्चाहरुको सहभागिता रहेको गायन रियालिटी शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ ।
डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी भएका थिए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका छन् । त्यसबाट लाइभका लागि २४ जना छानिएका थिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका छन् । गत कात्तिक २६ गते सुरु भएको भएको कार्यक्रम फाइनल अघि १९ एपिसोड प्रशारण भएको छ । द भ्वाईस किड्सको निर्णायक (कोच) मा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP