पुसको जाडोमा धराने युवायुवतीको फेसन

विभिन्न ‘सिक्वेन्स’मा फेसन प्रस्तुत (४१ तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ पुष ३०

धरानः धरान सङ्गीत र फेसनको पहिचान बनाएको शहर पनि हो । यसैबीच धरानमा पुसको जाडोमा फेसन शो आयोजना भएको छ ।
धरानमा फेशन शो आयोजना नभएको लगभग दुई वर्ष भइसकेको छ । तर बिहीबार धरान–१५ स्थित बगरकोटमा ‘विन्टर फेसन शो’ आयोजना भएको छ । ड्रिम्स एम प्रोडक्सनको आयोजनामा यस्तो फेसन शो आयोजना भएको हो ।
बगरकोटमा रहेको भिन्टेज क्याफे, लाउन्ज एण्ड बारमा बिहीबार ७ बजेदेखि यस्तो कार्यक्रम आयोजना भएको हो । इभेन्ट कोअर्डिनेटर मेरिना तुम्साका अनुसार ‘विन्टर फेशासन शो ७ म्युजिकल इभेण्टस्’ नाम दिइएको कार्यक्रममा धरानका युवायुवतीले फेशन शो प्रस्तुत गरेका थिए ।
नेपालकै स्पोट्स ब्राण्ड ‘एनी’ को मुख्य प्रायोजनमा कार्यक्रम भएको हो । फेशन शो मा धराने १४ जना युवती र ७ जना युवाले रयाम्प शो मा सहभागी भएको ड्रिम्स एम प्रोडक्सनका सिइओ कैलाश मोक्तानले जानकारी दिए । कार्यक्रममा युवायुवतीले विभिन्न ‘सिक्वेन्स’मा फेसन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हाम्रो डान्स सेन्टरका कलाकार नृत्य प्रस्तुतिले थप मनोरञ्जन दिन सफल भएको थियो । कार्यक्रममा रिजनलोहन र रोशन लिम्बूले गीत पनि गाएका थिए ।
कार्यक्रममा मिस स्टेट १ की विजेता बनेकी धरानस्थित मेघा कलेजमा अध्ययरत् छात्रा स्वेता भुजेल र फस्ट रनरअप लेस्ली लिम्बूलाई विशेष सम्मान गरिएको थियो । उनीहरुलाई सम्मानपत्र र खदाले सम्मान गरिएको थियो ।
कार्यक्रमको मिडिया पार्टनर हाम्रो कोशी आवाज डटमकम रहेको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज डटकम

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP