नयाँ अध्ययनः सामान्य रुघाखोकीले पनि कोभिडबाट जोगाउँछ !


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ पुष २७

स्वास्थ्य सम्बन्धि गरिएको पछिल्लो अध्ययन अनुसार सामान्य रुघाखोकीविरुद्ध लड्ने प्राकृतिक प्रतिरक्षाले कोभिड १९ बाट पनि केही हदसम्म रक्षा गर्छ । हालसालै कोभिड १९ को चपेटामा परेका ५२ व्यक्ति माथि यसबारे गरिएको अध्ययनको प्रतिवेदन ‘नेचर कम्युनिकेसन’ मा प्रकासित गरिएको छ ।
रुघाखोकी लागेपछि पुनः रुघा लाग्न रोक्नका लागि विशिष्ट प्रतिरक्षा कोषहरुका ‘मेमोरी बैंक’ विकास गरेका व्यक्तिहरुलाई कोभिड संक्रमण हुने सम्भावना न्यून हुने बताइएको छ । तर, विशेषज्ञहरु कोही पनि यही प्रतिरक्षाको सहारामा मात्र बस्न नहुने खोप लगाउनै पर्ने बताउँछन् ।
अनुसन्धानकर्ताहरुले यो अध्ययनबाट प्राप्त उपलब्धि मानिसको शरीरमा प्रतिरक्षा प्रणालीले कसरी लड्छ भन्ने थप ज्ञान हासिल गर्न उपयुक्त हुने बताएका छन् ।
केही रुघाखोकी पनि कोभिड १९ जस्तै कोरोनाभाइरसबाटै लाग्ने भएकाले पनि वैज्ञानिकहरुले एक अर्काका भाइरसले प्रतिरक्षा क्षमता विकासमा सहयोग गर्ने अपेक्षामा छन् । तर, विशेषज्ञहरुले सम्पूर्ण रुघाखोकी कोरोना भाइरसबाट नलाग्ने भएकाले हालसालै रुघा लागेका व्यक्ति स्वतः कोभिड १९ बाट जोगिन्छन् भनेर सोच्नु भने ठूलो गल्ती हुने बताएका छन् ।
इम्पेरियल कलेज लन्डनको टोलीले भाइरसले छुना साथै कसैलाई कोभिड संक्रमण हुने तर केहीलाई नहुनुको रहस्य जान्न चाहेको छ । सन् २०२० को सेप्टेम्वरमा अनुसन्धानकर्ताहरुले खोप नलगाएका तर भर्खरै कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुसँग बस्दै आएका ५२ जना मानिसमाथि अध्ययन गरेका थिए ।
तिनीहरुले अध्ययन मानव शरीरको प्रतिरक्षा प्रणालीको महत्वपूर्ण भाग टि–सेल (कोषहरु) माथि केन्द्रित गरेका थिए ।
रुघा निको भइसकेपछि पनि केही टि–सेल शरीरमा मेमोरी बैंकको रुपमा बाँकी रहन्छन् र तिनीहरु अन्य भाइरससँग लड्ने गर्दछन् । अध्ययनमा रगतमा टि–सेलको मात्रा बढी भएका व्यक्तिहरुलाई कोभिड नलागेको पाइएको छ । -बीबीसी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP