शिक्षकलाई दलमा लाग्न उकास्ने ?


  • अनुषा थापा
  • २०७८ पुष १३

शिक्षा भनेको सेवा हो । शिक्षा एउटा त्यस्तो अस्त्र हो जसले कुनैपनि नागरिकको भविष्य अँध्यारोबाट उज्यालोपतर्फ लगिरहेको हुन्छ । शिक्षा छैन् त मानिसमा केही पनि छैन । तर, पछिल्लो समय शिक्षालाई व्यापार गर्ने भाँडा बनाइएको छ । पुँजीपति, पहुच र राजनीतिक आड भएका व्यक्तिहरुले शिक्षाको प्रयोगबाट कमाउभन्दा सञ्चालन गरेको छ । यसमा नेपाल सरकारले पनि मौन देखिएको छ । सरकारले नै शिक्षालाई किनबेच गर्नेमा सहमति देखाएको पाइन्छ । ठूलाठूला व्यापारीदेखि लिएर सरकारी जागिरेका छोराछोरी पढ्ने निजी विद्यालय र कलेजमा सबै राजनीतिक दलको लगानी रहेको छ । निजी अस्पतालमा पनि राजनीतिक दलकै लगानी रहेको पाइन्छ । राजनीतिक सङ्गठन खडा गरेर सरकारी विद्यालय, कलेज र अस्पताल धरासायी बनाउने यिनीहरुकै रणनीतिभित्र पर्दछ । हरेक सरकारी क्याम्पसमा आ–आफ्ना पार्टीको सङ्गठन नेताहरुले अखडा बनाएका छन् । सङ्गठन त खडा गरियो तर जनताको छोराछोरीबारे राजनीतक दलहरुले सोचेको छैनन् । आफ्ना छोराछोरी पढाउने, शीर्ष स्थानमा पु¥याउने । गरिब जनताको छोराछोरी जो सरकारी क्याम्पसमा पढिरहेका छन् उनीहरुलाई ढुङ्गामुढा र झोले बन्नतर्फ प्रेरित गर्ने ।
नेपालको राजनीतिक दल पनि त्यहीबाट अभिप्रेरित भएर आएका छन् । उनीहरुको पृष्ठभूमि केलाउने हो भने राम्रो छैन । कोही आफू पढेकै विद्यालयमा आगजनी गरेर नेता बनेका छन् । अरुलाई भ¥याङ बनाएर नेता बन्नेहरुको कमी हाम्रो देशमा छैन । सिधासाधालाई भ¥याङ बनायो, झोला बोक्न र ढुङ्गामुढा गर्न सिकायो आफूचाहि नेता बन्यो । अरुको भविष्यमाथि खेलबाड गरेका, अरुलाई बिगारेका मात्र हाम्रा देशका नेतामा गनिन्छन् । आर्थिक कमजोर भएका छोराछोरी निजी शिक्षण संस्थामा पढाउन सक्दैनन् । विद्यार्थीको पढाइ राम्रो भएर के गर्ने ? राजनीतिक दलका कार्यकर्ताले सरकारीमा पढ्न दिँदैनन् । सरकारी शिक्षण संस्थामा पढ्ने वातावरणको विकास अझै पनि बन्न सकेको छैन । पढ्न गएकाहरुलाई आन्दोलनमा लिएर हिँड्ने, बन्द–हड्ताल गर्ने अनि पढ्ने विद्यार्थीको भविष्य अन्योलमा पार्ने । सरकारले देशका कर्णधारहरुलाई यही सिकाउने उद्देश्यले सरकारी शैक्षिक संस्था खोलेको हो ? विद्यालयका शिक्षकमाथि हातपात गर्न, गालीगलौज गर्न, आन्दोलन र आगजनी गर्न सरकारी शैक्षिक संस्था खोलेको हुन् । हुन् त सरकारी शैक्षिक संस्थाका शिक्षकहरु पनि त्यस्तै छन् ।
विद्यार्थीलाई पढाउनभन्दा पनि कहाँबाट कक्षा छाडेर राजनीतिक पार्टीको झोला बोक्न पाइन्छ भनेर बसेका हुन्छन् । अहिले सरकारी विद्यालयमा पढाउने हरेक शिक्षकले राजनीतिक पार्टीको सदस्यता लिएका छन् । कानुनमा स्पष्ट रुपमा शिक्षकहरुले राजनीतिक पार्टीको सदस्यता लिन मनाही गरेपनि यसलाई अटेर गरिरहेको देखिएको छ ।
तर, राजनीतिक दलकै शीर्ष नेताहरु यसको विरोध गर्छन् । यसको एकमात्र ताजा उदाहरणः केही दिनअघि मात्र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरुले राजनीतक पार्टीको सदस्यता लिन पाउनुपर्छ भनेर भाषण गरे । जनताले तिरेको करबाट तलब खाने, अनि विधार्थी नपढाएर हाम्रो झोले बन भन्न प्रचण्डलाई लाज लागेन । गरिब जनताको छोराछोरीको भविष्य अन्धकारमा पारेर शिक्षकहरुलाई राजनीतिमा लाग्नुपर्छ भनेर सिकाउने यस्तो पनि नेता । गाडीको सहचालक हुने क्षमता नभएकोहरुले देश चलाउँदा आज यो अवस्था आएको हो । देश बिग्रार्ने नै यीनै हुन् । अधिकांश निजी क्षेत्रमा कांग्रेस, एमाले र माओवादीको लगानी छ । हामीजस्ता सोझासोझी जनताको नारा बेच्ने गैरसरकारी संस्थामा पनि यी तिन पार्टीको कार्यकर्ताहरुको सबभन्दा धेरै लगानी छ । जनता ठग्ने पनि यिनीहरु, आज देशको यो अवस्था बनाउने पनि यिनीहरु र भ्रष्टाचार गर्ने पनि यिनीहरु । तर, हामी जनताले भोट दिने पनि यी दलालहरु नै हुन् । पहिलेपहिले बुढापाखाले भन्थे, आफै बिरामी, आफै धामी यहाँ पनि उही ने हाल छ । केही दिनअघि कांग्रेसको कार्यक्रममा राप्रपाको अध्यक्षले एउटा कुरा कोट्याए– जनताको आँखामा राजनीतिक दलको छवि चोर र फटाहाको छ भन्दै । दलहरुले आफ्नो व्यवहार नसुधारे यो प्रमाणित पनि हुन बेर लाग्दैन । देश बिग्रिनुको कारण सरकारी कर्मचारी र राजनीतक दलको बढ्दो विलासिता । भ्रष्ट्राचार गर्ने, आफ्नो तीन पुस्ता पाल्ने सम्पत्ति जोडने, जनताको काम नगर्ने । यदि देशको विकास गर्ने नै हो भने हरेक सरकारी कर्मचारी, राजनितिक दलको व्यक्तिगत सम्पत्ति छानबिन हुनुपर्छ ।
यिनीहरुको व्यक्तिगत सम्पत्ति छानबिन गर्ने हो भने देशविकास गर्न पुग्ने पैसा तिनीहरुबाट निस्किन्छ । साथै, भ्रष्ट्राचार गरि विलासिता जीवन बाँचिरहेका यस्तालाई जेल हाल्नुपर्छ । यिनीहरुकै कारण आज शिक्षा र स्वास्थ्यमा व्यापारीकरण छिरेको हो । हरेक नागरिकले सित्तैमा पाउनुपर्ने साधारण सेवासुविधाको लागि ठूलो रकम चुक्ता गर्नुपरेको छ । शिक्षा र स्वास्थ्यलाई व्यापारीकरण दृष्टिकोणले हेर्दा निजी क्षेत्रका शैक्षिक संस्था र अस्पतालहरुले मनलाग्दी गरिरहेका छन् । निजी क्षेत्रमा भइरहेको ठगी बारे सम्बन्धित निकाय मौन छ ।
कहाँ छ स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय ? मन्त्रालयमा बस्ने, घाम ताप्ने र भाषण ठोक्न काम मात्र भएको छ । अनुगमनमा मन्त्रालयका टोलीहरु निस्किँदैनन् । नेपालको राजनीतिक दलहरु जनताको सेवा गर्ने भन्छन् तर बिजनेस व्यापार चलाउँछन् । राजस्व छल्छन् व्यापारीलाई पार्टीको टिकट दिन्छन् । जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, सरकारी गाडी चढ्छन्, ठेक्कापट्टा मिलाउँछन् भ्रष्टाचार गर्छन् । आफन्तहरुलाई जागिर मिलाउँछन्, राजदुत बनाउँछन् । दिनभरि नेपाली जनताको पक्षमा भाषण गर्छन् राजनीतिक दलका नेताहरु, रात परेपछि भारतीय राजदुतावास छिर्छन् । रासनपानीदेखि लिएर सक्दो विलासिता खर्च भारतले गरिहाल्छ । अहिले नेपालमा भएका राजनीतिक दलका शीर्ष नेताहरु भूमिगतको पालामा पनि भारत नै पुगेका थिए । भारतमा बसेर राजनीत गरे । नेपालमा जनताले आन्दोलन गरे राजनीति परिवर्तन भयो । तर, राजनीतिक दलको व्यवहारमा परिवर्तन आउन सकेको छैन ।
एउटा सानो निर्णय गर्नपनि भारततिर औंला तेस्र्याउँछन् । बाबुराम भट्टराई सरकारमा भएको बेला भनेको एउटा वाक्य नेपालका नेता चलाउने चाबी भारतसँग छ । नेपालमा जे हुन्छ त्यसमा भारतले मुख्य भूमिका खेलिरहेको छ । भारतको विरोध गरेर तीनपटकसम्म प्रधानमन्त्री भएका नेपाली राजनीतिज्ञहरु पनि छन् । भारतकै विरोध गरेर सत्तामा आउने अनि त्यहीँबाट लुकीछिपी आफ्नो खर्चपानी जुटाउने । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि यस्तै छ । यही क्षेत्रलाई कमाउधन्दामा परिवर्तन गरेर यिनीहरुले करौडौको सम्पत्ति जोडिसके । शिक्षा र स्वास्थ्यलाई कमाउने अस्त्र बनाएर जनताको छोराछोरी कतिदिन ठग्ने ? हामीजस्ता गरिब बाउआमाको छोराछोरीले पढ्नको लागि पनि यत्रो सङ्घर्ष ? शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको लुट कसले बन्द गर्ने ? अहिले शिक्षामा मनलाग्दी शुल्क लिइरहेको पाइएको छ । यसको अन्त्य कहिले सरकार ? हामी नेपाली जनताको छोराछोरी कति दिन ठगिने ? यो प्रश्न हो, जसले शैक्षिक र स्वास्थ्य क्षेत्रलाई व्यापार गर्ने थलो बनाए । पढाउने र उपचार गर्ने नाममा यिनीहरुको विरोधमा कसैले बोल्न नसक्ने भए । अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप