राप्रपाको अध्यक्षमा लिङ्देनको उम्मेदवारी घोषणा


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ९

धरानः राप्रपाका शीर्ष नेता कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई चुनौती दिँदै युवापुस्ताको प्रतिनिधित्व गर्दै राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् ।
राजधानीको कान्तिपथस्थित होटल एलोप्यागोडामा बिहीबार आयोजित एक कार्यक्रमबीच लिङ्देनले उम्मेदवारी घोषणा गरेका हुन् ।
उनको उम्मेदवारीलाई राप्रपाकै अर्का प्रभावशाली नेता धवलशमशेर जबराले समर्थन गरेका छन् । जबरा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर हुन् । दुवै नेता पहिले कमल थापा समूहमा थिए ।
यसअघि राप्रपामा थापा, राणा र लोहनीको अलग गुट थियो । योसँगै युवा पुस्ताबाट नयाँ धार जन्मिएको छ । जसलाई राप्रपाभित्रको क्रान्तिकारी पुस्ताको रूपमा हेरिएको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले तीन नेताको बन्धक हुनबाट जोगाउन आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप