धरानका रविल श्रेष्ठको ‘आफ्नो लागि’ सार्वजनिक

धरानकै प्रियारानी लामाको अभिनय (भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ९

धरानः धरानबाट थुप्रै गायक, कलाकारहरुले नेपाली सङ्गीत तथा मनोरञ्जन क्षेत्रमा आफ्नो नाम राखेका छन् । यही क्रममा धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत ‘आफ्नो लागि’ म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् ।
लोकप्रिय कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडिओ सृष्टि राईको निर्देशनमा तयार भएको हो समस्टी राईको कला निर्देशन, अभि साम्पाङ राईको सम्पादन, समन महर्जनको छायाङ्कन र कलर रहेको छ । गायक श्रेष्ठकै रचना रहेको गीतमा सङ्गीत रोशन शर्माको रहेको छ भने सुरज विश्वकर्मा को सङ्गीत संयोजन तथा मिक्सिङ रहेको छ ।
समग्रमा गीत, सङ्गीत तथा भिडियो मेकिङ सम्पूर्ण कुरामा गुणस्तरमा धेरै ध्यान दिइएको छ । गीत तथा भिडियोको पोजिटिभ रेस्पोन्सले पनि गायक रविल सन्तुष्ट रहेको र फेरि नयाँ गीतको तयारीमा जुट्न जोस आएको बताउँछन् । ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत गीत रिलिज गरिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप