दुर्घटनामा दुईजनाको मृत्यु

सुनसरीमा टिपरको ठक्करले मृत्यु, पाँचथरमा ट्याक्टर खस्दा बेघाको मृत्यु


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ९

सुनसरीः सुनसरीको इनरुवामा टिपरको ठक्करले एकजनाको मृत्यु भएको छ ।
इनरुवा नगरपालिका वडा नं. ५ देवेन्द्र चोकस्थित इनरुवा–दुहबी भित्री पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१क २०४२ नम्बरको बालुवा लोड भएको टिपरले साइकललाई ठक्कर दिई दुर्घटना हुँदा साइकलयात्री गम्भीर घाइते भएका थिए ।
ती पुरुषको हालसम्म नाम, थर, वतन खुल्न नसकेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनी अन्दाजी २८ को रहेको प्रहरीले जनाएको छ । उनलाई इनरुवा अस्पतालमा पुरयाउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
टिपर चालक इनरुवा ७ बस्ने वर्ष ३६ को मोहदलाल उराव र टिपर जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण साँघुरो सडक रहेको प्रहरीले जनाएको छ ।
उता पाँचथरमा टयाक्टर अनियन्त्रित भई सडकमा खस्दा एकजनाको मृत्यु भएको छ ।
चालक याङवरक गाउँपालिका २ बस्ने वर्ष ३३ को नवराज बेघाको घटनास्थलमै मृत्यु भएको पाँचथरबा प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।
पाँचथर याङवरक गाउँपालिका १ स्थित भित्री कच्ची सडकखण्डमा चिवाभञ्जाङबाट च्याङथापुतर्फ जाँदै गरेको प्र १–०१–००१ त ९५६२ नं. को टयाक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाज ि१०० मिटर तल खस्न पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप