माओवादी धरान-३ को अध्यक्षमा मिङ्मा भोटे सर्वसम्मत


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ८

धरानः नेकपा माओवादी केन्द्र धरान-३ मा नयाँ कमिटी गठन भएको छ ।
तेस्रो सम्मेलनले कमिटीको अध्यक्षमा मिङमा भोटे सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा जोगेन्द्र विक, सचिवमा अरविन्द श्रेष्ठ, सहसचिव इनुषा शाही, कोषाध्यक्ष लिजा घिमिरे सर्वसम्मत निर्वाचित भए ।
यस्तै, सदस्यहरुमा डम्बरकुमारी देवान, राजकुमार श्रेष्ठ, अम्बर शाक्य, सीता थापा, करुणा शेर्पा, तारा पाख्रिन, हुमबहादुर तामाङ, सरिता बानियाँ, अर्जुन श्रेष्ठ, पदम क्षत्री ३५ जना रहेका छन् ।
यसअघि वडा नं. ३ मा सर्वजीत राई अध्यक्ष रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य चोत्लुङ, नगर सचिव चेतना श्रेयङ, निर्वाचन मण्डलको संयोजक चन्द्र उदासलगायतको उपस्थितिमा कार्यक्रम भएको हो । धरानमा हालसम्म १६ वटा वडाको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ । नवनिर्वाचित अध्यक्ष भोटेले ३ नं. वडा माओवादीमय बनाउन आफू सक्दो लागिपर्ने धारणा राखे ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप